फागुन १ देखि १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आठराई त्रिवेणीमा हुने



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ‘१४औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८०’ सञ्चालन हुने भएको छ । प्रतियोगिता फागुन १ गते देखि आठराई त्रिवेणी गाउँपालिका फुलबारीको महभिर खेलमैदानमा हुने भएको हो । 

आज एक पत्रकार सम्मेलन गर्दै राष्ट्रपति रनिङ शिल्ड अन्तरविद्यालय स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका बमोजिम खेल सञ्चालन गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश माबोले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार खेलाका विधाहरुमा भलिबल छात्र छात्रा, कवड्डी छात्र छात्रा, एथलेटिक्स छात्र छात्रा, सितोरीयो कराँते छात्र छात्रा, तेक्वान्दौ छात्र छात्रा र उसु छात्र छात्रा रहेका छन् । 

जसमा मेडल तर्फ स्वर्ण छात्र छात्रा गरी जम्मा ६६ वटा, रजत छात्र छात्रा गरी जम्मा ६६ वटै र कास्य छात्र छात्रा गरी ७० वटा रहेको छ । प्रतियोगिताको आयोजकमा जिल्ला खेलकुद विकास समिति ताप्लेजुङ रहेको छ भने आठराई त्रिवेणि गाउँपालिको संयोजन रहने छ । 

यो भन्दा अघि भएका राष्ट्रपति रनिङ शिल्ड भन्दा यो वर्ष भने अलिक पृथक तरिकाले सम्पन्न गर्ने योजना रहेको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू दिपेनले बताउँनुभयो । उहाँका अनुसार आठराई त्रिवेणी गाउँपालिकाको ७ वटा विद्यालयमा मार्सल आर्ट पनि सञ्चालन भइरहेको छ । 

यस अघि पालिका स्तरीय प्रतियोगिता भने सम्पन्न भइसकेको छ । पालिका स्तरीय प्रतियोगितामा छनोट भएका विभिन्न विद्याका उत्कृष्ट खेलाडीहरूले यस प्रतियोगितामा भाग लिन पाउनेछन् । यस्तै यस प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरूले भने, प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पउनेछन् ।

प्रकाशित मिति : 5:57 am

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो