अनेरास्ववियु ताप्लेजुङको अध्यक्षमा विबेक बानियाँ




रेडियो काबेली

ताप्लेजुङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ताप्लेजुङको अध्यक्षमा विबेक बानियाँ चयन भएका छन् । अनेरास्ववियुको २३ औँ जिल्ला अधिवेशनबाट बानियाँको नेतृत्वमा २९ सदस्यीय जिल्ला कमिटी गठन भएको हो । त्यस्तै उपाध्यक्षमा प्रदिप गुरुङ (पब्लिक) र मिलन प्रधान सचिबमा अमित काङ्भा, सह–सचिबमा मन कुमार तेङबुङ, बिनायक सेन्दाङ, जानुका पौडेल, सुजन तिम्सिना र कोषाध्यक्ष सनुजा गौतम सर्वसम्मत चयन भएका छन् ।


“ताप्लेजुङमा सबैका लागि शिक्षा हाम्रो आह्वान सार्वजनिक शिक्षा सुधारका लागि अनेरास्ववियुको अभियान” भन्ने मूल नाराका साथ अनेरास्ववियुका केन्द्रीय कमिटीका अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा शुक्रबारबाट सुरु भएको अधिवेशन आज जिल्ला कमिटी चयन गर्दै सकिएको छ । अधिवेशन आयोजक कमिटीले यस अघि नै ताप्लेजुङको ३८ वटा मावि कमिटी, ९ वटा पालिका कमिटी र १ वटा क्याम्पस कमिटी गठन भने सम्पन्न गरेको छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार १४:२३

पाथिभरा याङवरकले दियो कृषकलाई उपकरण र सुन्तलाको बिरुवा

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाले कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र

नेकपा एस ताप्लेजुङले अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउने 

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले जिल्ला अधिवेशनमा दुई

आठराई त्रिवेणी गाउँपालिकाको तीन वर्षे प्रगति सार्वजनिक

साहारा लिम्बूताप्लेजुङ। आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले आफ्नो

केबुलकारको विरुद्धमा फेरी आन्दोलनका चरणहरू सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा केबुलकार निर्माणको

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय