अनेरास्ववियु ताप्लेजुङको अध्यक्षमा विबेक बानियाँ




रेडियो काबेली

ताप्लेजुङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ताप्लेजुङको अध्यक्षमा विबेक बानियाँ चयन भएका छन् । अनेरास्ववियुको २३ औँ जिल्ला अधिवेशनबाट बानियाँको नेतृत्वमा २९ सदस्यीय जिल्ला कमिटी गठन भएको हो । त्यस्तै उपाध्यक्षमा प्रदिप गुरुङ (पब्लिक) र मिलन प्रधान सचिबमा अमित काङ्भा, सह–सचिबमा मन कुमार तेङबुङ, बिनायक सेन्दाङ, जानुका पौडेल, सुजन तिम्सिना र कोषाध्यक्ष सनुजा गौतम सर्वसम्मत चयन भएका छन् ।


“ताप्लेजुङमा सबैका लागि शिक्षा हाम्रो आह्वान सार्वजनिक शिक्षा सुधारका लागि अनेरास्ववियुको अभियान” भन्ने मूल नाराका साथ अनेरास्ववियुका केन्द्रीय कमिटीका अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा शुक्रबारबाट सुरु भएको अधिवेशन आज जिल्ला कमिटी चयन गर्दै सकिएको छ । अधिवेशन आयोजक कमिटीले यस अघि नै ताप्लेजुङको ३८ वटा मावि कमिटी, ९ वटा पालिका कमिटी र १ वटा क्याम्पस कमिटी गठन भने सम्पन्न गरेको छ ।

प्रकाशित मिति : 2:23 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी