याक चौरी कृषक महासंघ नेपालको कोशी प्रदेश समिती अध्यक्षमा मोहन राई



रेडियो काबेली
ताप्लेजुङ । याक चौरी कृषक महासंघ नेपालको कोशी प्रदेश समिती अध्यक्षमा मोहन राई निर्वाचित भएका छन् । शनिबार भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा भएको प्रथम प्रदेश अधिवेशनले राईको नेतृत्वमा ९ सदस्यिय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा खोटाङका दुर्गा धन राई, सचिवमा सोलुखुम्बुका थुतोप दोर्जे शेर्पा, कोषाध्यक्षमा भोजपुरकी किमा शेर्पा चयन भएका छन् ।

त्यस्तै गरि सदस्यहरुमा ईलामका सुन्दर राई, ओखलढुङ्गाका पासाङ नुरी शेर्पा, पाँचथरका जङ्ग बहादुर राई तथा सुमित तामाङ र ताप्लेजुङकी दावा फुटि शेर्पा सदस्य चयन भएका छन् । याक चौरी कृषक महासंघ नेपालका केन्द्रिय सचिव तथा कोशी प्रदेश अधिवेशन संयोजक चन्द्र नेपाल (प्रमोद) को अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सांसद विनोद बान्तावाको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : 2:10 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा