पाँचथरको ८ सार्वजनिक स्थलमा ‘फ्रि वाइफाइ’



पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले सदरमुकामका आठ वटा सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट चलाउन ‘फ्रि वाइफाइ’ सेवा सुरुवात गरेको छ।

यो सेवाको शुक्रबार नगर प्रमुख मित्रप्रसाद काफ्लेले औपचारिक सुरुवात गर्नुभयो। तत्कालका लागि जिल्ला समन्वय समिति अगाडिको बिपी पार्कसँगै सुम्हात्लुङ मन्दिर, जिल्ला अस्पताल भित्रको पार्क, गणतन्त्रचौक, फिदिम माविको खेलमैदान, लोकतन्त्रचौक, आहारगैरी र शिवालय क्षेत्रमा आम नागरिकका लागि निःशुल्क वाइफाइ सेवा सुरुवात गरिएको नगर प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

ती स्थानलाई फिदिम नगरपालिकाले यस क्षेत्रलाई ‘फ्रि वाइफाइ जोन’ का रुपमा परिभाषित गरेको छ। निःशुल्क इन्टरनेट चलाउने सुविधाले ग्रामीण क्षेत्रबाट सरकारी कामकाजका लागि सदरमुकाम आउने सर्वसाधारण सँगै पर्यटक र विद्यार्थी लाभान्वित हुने नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : 12:53 am

पत्रकार पन्दाक पुरस्कृत

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङका पत्रकार तथा गोरखापत्र दैनिकका

१२ बोरे बन्दुकसहित युवक पक्राउ

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङमा १२ बोरे बन्दुकसहित एक

उन्टर तोडफोड गरी नगद चोरी गर्ने व्यक्ति पक्राउ

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडास्थित बसपार्कमा

आठराई त्रिवेणीमा सम्पन्न निःशुल्क दन्त शिविरबाट दुई सय ५६ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सम्पन्न

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली लागू

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फुङ्लिङ बजारमा चारपाङ्ग्रे सवारीसाधनका