पाँचथरको ८ सार्वजनिक स्थलमा ‘फ्रि वाइफाइ’



पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले सदरमुकामका आठ वटा सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट चलाउन ‘फ्रि वाइफाइ’ सेवा सुरुवात गरेको छ।

यो सेवाको शुक्रबार नगर प्रमुख मित्रप्रसाद काफ्लेले औपचारिक सुरुवात गर्नुभयो। तत्कालका लागि जिल्ला समन्वय समिति अगाडिको बिपी पार्कसँगै सुम्हात्लुङ मन्दिर, जिल्ला अस्पताल भित्रको पार्क, गणतन्त्रचौक, फिदिम माविको खेलमैदान, लोकतन्त्रचौक, आहारगैरी र शिवालय क्षेत्रमा आम नागरिकका लागि निःशुल्क वाइफाइ सेवा सुरुवात गरिएको नगर प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

ती स्थानलाई फिदिम नगरपालिकाले यस क्षेत्रलाई ‘फ्रि वाइफाइ जोन’ का रुपमा परिभाषित गरेको छ। निःशुल्क इन्टरनेट चलाउने सुविधाले ग्रामीण क्षेत्रबाट सरकारी कामकाजका लागि सदरमुकाम आउने सर्वसाधारण सँगै पर्यटक र विद्यार्थी लाभान्वित हुने नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : 12:53 am

मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी बचत

रेडियो काबेलीताप्लेजुङ । मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी

बहुदेशीय सामुदायिक भवनको शिलान्यास

ताप्लेजुङ, पुष २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा निर्माण हुन

१६ औं राष्ट्रपति शिल्ड माघ २३ गतेदेखि

ताप्लेजुङ, पुस २१ गते । ताप्लेजुङमा अन्तर पालिका स्तरीय १६

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला

तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु

ताप्लेजुङ, पुस २० गते । सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत