बसन्त पञ्चमीको अवसरमा लिङ्तेपमा पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने 



साहारा लिम्बू लङ्वा

ताप्लेजुङ । ताप्लेजुङको लिङ्तेपमा वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ । श्री बसन्त पञ्चमीको अवसरमा फागुन २ गते देखि उक्त प्रतियोगिता हुने भएको हो । 

श्री प्रगतिशील युवा क्लबको आयोजनामा श्री बसन्त पञ्चमी मेला सँगै फुटबल प्रतियोगिताको पनि आयोजना गरिएको क्लबका अध्यक्ष विजय हाङ्गाम लिम्बूले जानकारी दिनुभएको छ ।  

हाङ्गामका अनुसार पुरुष फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख सहित मेडल प्रमाण पत्र र ट्रफी पाउने छन्  भने दोस्रो हुनेले नगद ६० हजार सहित मेडल र प्रमाण पत्र पाउनेछन् ।

यस्तै महिला फुटबल प्रतियोगिताको प्रथम र दोस्रोले क्रमश नगद ५० हजार रुपैयाँ र ३० हजार रुपैयाँसहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने खेल संयोजक सन्तोष हाङ्गामले जानकारी दिनु भएको छ ।

फागुन ६ गते सम्म सञ्चालन हुने उक्त खेल मेरिङ्देन गाउँपालिका ४ लिङ्तेपको स्वा। तुलसी नाल्बो स्मृति खेल मैदानमा हुने आयोजकले जनाएको छ । 


प्रकाशित मिति : 1:00 pm

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ