बसन्त पञ्चमीको अवसरमा लिङ्तेपमा पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने 



साहारा लिम्बू लङ्वा

ताप्लेजुङ । ताप्लेजुङको लिङ्तेपमा वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ । श्री बसन्त पञ्चमीको अवसरमा फागुन २ गते देखि उक्त प्रतियोगिता हुने भएको हो । 

श्री प्रगतिशील युवा क्लबको आयोजनामा श्री बसन्त पञ्चमी मेला सँगै फुटबल प्रतियोगिताको पनि आयोजना गरिएको क्लबका अध्यक्ष विजय हाङ्गाम लिम्बूले जानकारी दिनुभएको छ ।  

हाङ्गामका अनुसार पुरुष फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख सहित मेडल प्रमाण पत्र र ट्रफी पाउने छन्  भने दोस्रो हुनेले नगद ६० हजार सहित मेडल र प्रमाण पत्र पाउनेछन् ।

यस्तै महिला फुटबल प्रतियोगिताको प्रथम र दोस्रोले क्रमश नगद ५० हजार रुपैयाँ र ३० हजार रुपैयाँसहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने खेल संयोजक सन्तोष हाङ्गामले जानकारी दिनु भएको छ ।

फागुन ६ गते सम्म सञ्चालन हुने उक्त खेल मेरिङ्देन गाउँपालिका ४ लिङ्तेपको स्वा। तुलसी नाल्बो स्मृति खेल मैदानमा हुने आयोजकले जनाएको छ । 


प्रकाशित मिति : 1:00 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन