सोलुखुम्बुका १८ वटा सरकारी कार्यालयहरु निमित्तको भरमा




काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुका चार वटा पालिकासहित १८ वटा सरकारी कार्यालयहरु निमित्तको भरमा सञ्चालन भइरहेका छन् । जिल्ला सदरमुकाममा रहेका १२ वटा, सदरमुकाम बाहिरका दुई वटा सरकारी अड्डा र चार वटा पालिकाका कार्यालय प्रमुख विहीन भएका हुन् ।

निमित्तको भरका रहेका पालिकाहरुमा थुलुङ दुधकोशी गाउँपालिका, माप्यदुधकोशी गाउँपालिका, सोताङ गाउँपालिका र नेचासल्यान गाउँपालिका रहेका छन् । अन्य कार्यालयहरुमा जिल्ला हुलाक कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मालपोत कार्यालय, कारागार कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला अस्पताल, कृषि ज्ञान केन्द्र र घरेलु तथा साना उद्योग कार्यालय रहेका छन् ।

यस्तै नेपाल टेलिकम, नेपाल खाद्य तथा व्यापार कम्पनी, नेपाल नागरिक उड्ययन प्राधिकरण फाप्लु, खानेपानी तथा सरसफाइ कार्यालय, सीमा प्रशासन कार्यालय नाम्चे र इलाका प्रशासन कार्यालय सोताङ रहेका छन्।

कार्यालयहरुमा अधिकृत नहुँदा दैनिक कार्यसम्पादन समेत प्र्रभावित हुने गरेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनुभयो । निमित्तलाई पूर्र्ण आर्थिक अधिकार नहुने भएकाले कार्यसम्पादनमा समस्या हुने गरेको उहाँको भनाइ छ । उज्यालो अन्लाईन

प्रकाशित मिति : 9:05 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी