अब फालेलुङमा ब्याच र खादा प्रयोग गर्न नपाइने



फालेलुङ गाउँपालिकाले त्यहाँका सरकारी र गैरसरकारी कार्यालयसँगै शैक्षिक र सामाजिक संंस्थाले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा आयातित खादा, ब्याच र प्लाटिकका माला प्रयोग गर्न रोक लगाएको छ ।

कार्यपालिका बैठकमा भएको निर्णय सार्बजनिक गर्दै गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट व्ययभार हुने कुनै पनि कार्यक्रममा यस्ता सामग्री प्रयोग नगर्न भनेको हो ।

‘गाउँपालिकाको बिनियोजित बजेटबाट ब्ययभार हुने सभा, सम्मेलन, तालिम गोष्ठी सहितका सार्वजनिक कार्यक्रममा यस्ता सामग्री प्रयोग नगर्न जानकारी गराइन्छ, कुनै निकायले यस्ता सामग्री प्रयोग गरेर बील भपाई पेश गरेमा भुक्तानी दिइने छैन,’ सूचनामा भनिएको छ ।

आयातित सामग्रीको साटो रैथाने फूलका माला र सल्ला वा पिपलका पात र गुच्छा गर्न भनिएको गाउँपालिका अध्यक्ष बीरबिक्रम थाम्सुहाङले बताए ।

उनका अनुसार प्रयोग नगरी नहुने धार्मिक कार्यक्रममा भने खादा प्रयोगमा कडाइ गरिने छैन । यो निर्णय गाउँपालिकामा रहेका सवै सरकारी कार्यालय, शैक्षिक र सामाजिक संस्थाहरुमा लागु हुने प्रमूख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताए ।

प्रकाशित मिति : 12:55 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका