शेयर बजार साढे २१ अङ्कले घट्यो




काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ६७ अङ्कले घटेर दुई हजार ९७ दशमलव ९३ अङ्कमा झरेको छ । हप्ताको तीन दिन लगातार बढेको शेयर बजार आज चौथो दिन उच्च अङ्कले घटेको हो ।

आज उत्पादनबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा मेन्छ्याम हाइड्रोसहित चार वटा कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घट्यो । समग्रमा बजार घटे पनि आज साम्लिङ पावर कम्पनी र मन्दाकिनी हाइड्रोको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज एक करोड ४७ लाख कित्ता शेयर पाँच अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रकाशित मिति : 10:54 am

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम