चिसो बढेपछि सोलुखुम्बुको खुम्बुक्षेत्र सुनसान





सोलुखुम्बु । चिसो बढेपछि खुम्बुक्षेत्र सुनसान बन्न थालेको छ । धेरैजसो व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्तै गएका छन् ।

स्थानीय दामु शेर्पाका अनुसार झण्डै ७० प्रतिशत व्यवसायी तथा नागरिकले खुम्बु छाडिसकेका छन् । उनीहरु काठमाण्डौ र कतिपय तीर्थयात्रामा भारतको बुद्धगैयालगायतका क्षेत्रमा जाने गरेका छन् । अहिले खुम्बुक्षेत्र सुनसान नै बनेको लुक्लाका तोया श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पर्यटकीय सिजनमा पर्यटकले खचाखच हुने खुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साइट तथा दृश्यावलोकन गर्ने स्थल अहिले सुनसान छन्।

सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे, गोक्यो, कालापत्थर, एभरेष्ट बेस क्याम्पलगायतका ठाउँमा पनि अहिले पर्यटकको चहलपहल छैन । केही होटल पसल खुला भए पनि चिसोले जनजीवन कष्टकर छ ।

अरु बेला दैनिक एक सयभन्दा धेरै हवाई उडान हुने लुक्लामा अहिले दैनिक पाँच–छ वटा मात्रै उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय लुक्लाको तथ्याङ्क छ । खुम्बु क्षेत्रमा चिसोका कारण पाइपमै पानी जम्न थालेपछि पानी आपूर्तिमा समस्या छ ।

दिउँसो घाम लागेको समयमा समेत जमेको पानी नपग्लिँदा खुम्बुका विभिन्न ठाउँमा खानेपानी आपूर्ति बन्द भएको स्थानीय नुरु शेर्पाले बताउनुभयो । यो बेला तापक्रम घटेर खुम्बुमा माइनस १७ डिग्री सेल्सियससम्म झर्ने गरेको छ ।

रासस

प्रकाशित मिति : 10:49 am

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

ताप्लेजुङ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र

सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक आगेपा आधारभूत विद्यालयलाई प्रदान गर्ने

ताप्लेजुङ, चैत १३ गते । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज

ताप्लेजुङ बज्रगुरु मन्त्रजपको पहिलो दिन १२ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, चैत्र १३ गते । सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रमको