अचानक बिरामी पर्नु भएका एमाले सांसद नेम्बाङलाई ताप्लेजुङबाट उपचारका लागि काठमाडौं लगिने



ताप्लेजुङ। एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागिता जनाउन फुङलिङ आएका बेला अकस्मात बिरामी हुनु भएका प्रतिनिधिसिभाका सांसद बसन्तकुमार नेम्बाङलाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ ।

जिल्ला अस्पतालले सिटी स्क्यान सहितको आवश्यकता देखाएपछि उहाँलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिनुभयो ।‘हेलिकोप्टर ल्याउने समन्वय भइरहेकोले यहाँबाट उपचारका लागि काठमाडौं लगिने छ’थेबेले भन्नुभयो । पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङका इञ्चार्ज समेत हुनुहुन्छ ।

एमाले कोशी प्रदेश कमिटी अध्यक्ष तथा पूर्व सांसद घनश्याम खतिवडाका अनुसार बिहान फिदिमबाट हिडेंका नेम्बाङ सहितका नेताहरु खाना खाने क्रममा पाथीभरा गेष्ट हाउस पुग्नु भएको थियो । सोहि बेला उठ्ने तरखर गर्दागर्दै नेम्बाङ बिरामी परेपछि उहाँलाई नजिकैको तमोर अस्पताल लगिएको थियो । तमोर अस्पतालमा प्रारम्भिक परीक्षण पछि जिल्ला अस्पताल लगिएकोमा चिकित्सकहरुले नेम्बाङलाई थप उपचारका लागि रेफर गरेका छन् ।

इलाममा रहेको हेलिकोप्टरसंग पनि समन्वय भइरहेको र सो नभए काठमाडौंबाट हेलिकोप्टर झिकाई मेडिसिटी अस्पताल लैजाने बिषयमा छलफल भइरहेको खतिवडाले जानकारी दिनुभयो । जिल्ला अधिबेशन सहितको बिषयमा छलफल गर्न एमाले ताप्लेजुङको सचिवालय बैठक बोलाईएको थियो । सोहि बैठकका लागि नेम्बाङ सहितका नेता फुङलिङ आउनु भएको हो ।

ई–उज्यालो पोष्ट

प्रकाशित मिति : 8:13 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी