ताप्लेजुङमा २५ दिनको बच्चासहित बेपत्ता महिला तमोर नदीको किनारमा मृत फेला



ताप्लेजुङ । ताप्लेजुङमा आइतबारदेखि २५ दिनको नाबालकसहित बेपत्ता आमा मृत अवस्थामा फेला परेकी छन् । पाँचथरको याङवरक गाउँपालिका गणेश चोक छेउ ढाँडगाउँकी २६ वर्षीया यमुना भुर्तेल चापागाईंको शव तमोर नदीको किनारमा फेला परेको हो ।

आठराई त्रिवेणी गाउँपालिका-२ माटेको तमोर नदीको किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले बताउनुभयो । शिशुको अवस्था भने अज्ञात रहेको प्रहरीले जनाएको छ ।

आठराई त्रिवेणी गाउँपालिका-२ फूलबारी चोकपुर उनको माइती घर हो । उनले बोक्ने मोबाइल र उनले लगाएको केही कपडा भने आइतबार तमोर नदी किनारमा भेटिएको थियो ।

त्यसैको आधारमा प्रहरीसहित स्थानीयले नदी किनारमा खोजी गरेका थिए ।

प्रकाशित मिति : 11:12 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी