आईसीसीले हटायो श्रीलङ्कामाथि लगाएको निलम्बन



एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डमाथि लगाएको निलम्बन हटाएको छ । गएको नोभेम्बरदेखि श्रीलङ्कामाथि लगाएको प्रतिबन्ध हिजोको बोर्ड बैठकले तत्काल लागू हुने गरी हटाएको हो ।

सन् २०२३ को विश्वकप क्रिकेटमा भारतसँगको हारपछि श्रीलङ्काका खेलकुदमन्त्री रोशन रानासिङ्घेले श्रीलङ्का क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गरेका थिए ।

श्रीलङ्का क्रिकेट बोर्ड प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको थियो । त्यसैको कारण १९ वर्षमुनिको विश्व कप श्रीलङ्काबाट दक्षिण अफ्रिकामा सरेको हो ।

श्रीलङ्काको क्रिकेट टोलीलाई भने आईसीसीले अन्तर्राष्ट्रिय खेल खेल्न कुनै रोक लगाएको थिएन । अहिले श्रीलङ्का क्रिकेट बोर्डले सदस्यको दायित्व उल्लङ्घन नगरेको आईसीसीले जनाएको छ ।

प्रकाशित मिति : 10:57 am

ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर तालिम सुरु

ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा