हिमालयन रि र नेपाल रि इन्स्योरेन्सको पूँजी बढाउने तयारीमा प्राधिकरण, कति पुग्ला ?



नेपाल बीमा प्राधिकरणले दुई स्वदेशी पुनर्बीमा कम्पनीको चुक्तापुँजी बृद्धि गर्ने तयारी गरेको छ । प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सको हालको पूँजीले जोखिम भार थेग्न नसक्ने बताउँदै स्वधारण क्षमता वृद्धिको लागि पूँजी बढाउन आवश्यक रहेको जनाएको छ ।

नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको बढ्दो कारोबार र जोखिमको बढ्दो आकारसँगै चुक्तापूँजी समेत वृद्धि गर्नुपर्ने बीमा प्राधिकरणका उप–निर्देशक शाम्भराज लामिछानेले बताए । ‘जीवन र निर्जीवन बीमा कम्पनीको पूँजी बढेसँगै पुनर्बीमा कम्पनीहरुको पनि पूँजी बढाउनुपर्ने आवश्यक देखिएको छ’ उनले भने, ‘दुई पुनर्बीमा कम्पनीको स्वजोखिम भार घटाउन न्यूनतम चुक्तापूँजी वृद्धि गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन तयार भइसकेको छ । यसबारे आगामी बोर्ड बैठकबाट अन्तिम निर्णय हुनेछ ।’

साथै हाल पुनर्बीमा कम्पनीहरुको पुनर्बीमा कारोबार र जोखिमको आकारअनुसार चुक्तापूँजी दोब्बर बढाउनुपर्ने आवश्यक रहेको उनले बताए । हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्तापूँजी १२ अर्ब ३१ करोड रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको चुक्तापूँजी आईपीओपश्चात् १० अर्ब रुपैयाँ छ । दुबै कम्पनीको पूँजी दोब्बरले वृद्धि गर्नुपर्ने भएमा हिमालयन रि र नेपाल रि को पूँजी २० अर्ब भन्दा बढी पुग्नेछ ।

केही समयअघि प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले पनि एक सार्वजनिक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीहरुको पूँजी बढाउन आवश्यक रहेको बताएका थिए । लाइफ र नन–लाइफ इन्स्योरेन्सले जस्तै पुनर्बीमा कम्पनीहरुले पनि रिक्स वेसको आधारमा पूँजी बढाउनुपर्ने भएकाले पूँजी वृद्धिको निर्णयमा प्राधिकरण धेरै चाँडो अगाडी पुग्ने सिलवालको भनाई छ ।

प्रकाशित मिति : 10:40 am

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम 

सौगात विष्टताप्लेजुङ, असार २ गते । महिलाको आर्थिक सशक्तीकरण र

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण

फक्ताङ्लुङका सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको सुरुवात

ताप्लेजुङ, जेठ ३० गते । फक्ताङ्लुङ गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा आधुनिक

ज्येष्ठ नागरिकहरूको भेटघाट र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

ताप्लेजुङ, जेठ ३० गते । ताप्लेजुङमा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु