हिमालयन रि र नेपाल रि इन्स्योरेन्सको पूँजी बढाउने तयारीमा प्राधिकरण, कति पुग्ला ?



नेपाल बीमा प्राधिकरणले दुई स्वदेशी पुनर्बीमा कम्पनीको चुक्तापुँजी बृद्धि गर्ने तयारी गरेको छ । प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सको हालको पूँजीले जोखिम भार थेग्न नसक्ने बताउँदै स्वधारण क्षमता वृद्धिको लागि पूँजी बढाउन आवश्यक रहेको जनाएको छ ।

नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको बढ्दो कारोबार र जोखिमको बढ्दो आकारसँगै चुक्तापूँजी समेत वृद्धि गर्नुपर्ने बीमा प्राधिकरणका उप–निर्देशक शाम्भराज लामिछानेले बताए । ‘जीवन र निर्जीवन बीमा कम्पनीको पूँजी बढेसँगै पुनर्बीमा कम्पनीहरुको पनि पूँजी बढाउनुपर्ने आवश्यक देखिएको छ’ उनले भने, ‘दुई पुनर्बीमा कम्पनीको स्वजोखिम भार घटाउन न्यूनतम चुक्तापूँजी वृद्धि गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन तयार भइसकेको छ । यसबारे आगामी बोर्ड बैठकबाट अन्तिम निर्णय हुनेछ ।’

साथै हाल पुनर्बीमा कम्पनीहरुको पुनर्बीमा कारोबार र जोखिमको आकारअनुसार चुक्तापूँजी दोब्बर बढाउनुपर्ने आवश्यक रहेको उनले बताए । हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्तापूँजी १२ अर्ब ३१ करोड रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको चुक्तापूँजी आईपीओपश्चात् १० अर्ब रुपैयाँ छ । दुबै कम्पनीको पूँजी दोब्बरले वृद्धि गर्नुपर्ने भएमा हिमालयन रि र नेपाल रि को पूँजी २० अर्ब भन्दा बढी पुग्नेछ ।

केही समयअघि प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले पनि एक सार्वजनिक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीहरुको पूँजी बढाउन आवश्यक रहेको बताएका थिए । लाइफ र नन–लाइफ इन्स्योरेन्सले जस्तै पुनर्बीमा कम्पनीहरुले पनि रिक्स वेसको आधारमा पूँजी बढाउनुपर्ने भएकाले पूँजी वृद्धिको निर्णयमा प्राधिकरण धेरै चाँडो अगाडी पुग्ने सिलवालको भनाई छ ।

प्रकाशित मिति : 10:40 am

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

ताप्लेजुङ । ताप्लेजुङ सहित कोशी प्रदेशका सञ्चारर्कीलाई दिइने चार दिने

सानिमा बैंक ताप्लेजुङद्धारा कक्षा ११ र १२ को छात्रवृतिका लागि आवेदन आह्वान

रेडियो काबेलीताप्लेजुङ । सानिमा बैँक ताप्लेजुङले जिल्लाका कक्षा ११ र

फुङ्लिङ नगरपालिकाकाद्वारा सडक मर्मत गरिदिन तमोर इनर्जीलाई आग्रह 

सौगात विष्ट ताप्लेजुङ, असोज २३ गते । फुङ्लिङ नगरपालिकाले तमोर इनर्जी

सिदिङ्वा गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला

ताप्लेजुङ असोज २३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व

माथिल्लो ताप्लेजुङ भ्रमण दशक २०८२–९२ आह्वान

ताप्लेजुङ, असोज २२ गते । माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान