रिलायन्स स्पिनिङ्ग मिल्सको कटअफ मूल्य निर्धारण, सर्वसाधारणलाई कतिमा जारी होला आईपीओ ?



रिलायन्स स्पिनिङ्ग मिल्सले संस्थागत लगानीकर्तालाई जारी गरेको सेयरको शिलबन्दी बोलपत्र आज खोलिएको छ । उक्त बोलपत्र नेपाल स्टक एक्सचेञ्च लिमिटेडको कार्यालयमा आज खोलिएको हो ।

यो सेयरमा ६४ वटा योग्य संस्थागत लगानीकर्ताबाट आवेदन परेको थियो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार १८ वटा संस्थागत लगानीकर्ताले उच्च मूल्य प्रतिकित्ता रु.९१२ मा बोलपत्र आवेदन पेश गरेका छन् ।

कम्पनीको सेयरको कट अफ मूल्य उच्च मूल्य अर्थात ९१२ नै निर्धारण गरिएको छ । यो मूल्यमा सेयर खरिदका लागि आवेदन दिएका लगानीकर्ताले आवेदनको अनुपातमा सेयर प्राप्त गर्नेछन् । यसको अर्थ प्रतिकित्ता ९१२ रुपैयाँ मूल्यमा बोलपत्र पेश गर्नेले माग गरेको कुल सेयरको ६५.७२ प्रतिशत मात्रै प्राप्त गर्नेछन् ।

यो मूल्यभन्दा बढीमा सेयर माग गर्नेहरुले भने माग गरेबमोजिम नै सेयर प्राप्त गर्नेछन् । कम्पनीले गत माघ १० गतेदेखि माघ १४ गतेसम्म योग्य संस्थागत लगानीकर्ताका लागि बुक बिल्डिङ विधिमार्फत ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्कासन गरेको थियो । सेयरको बिक्री मूल्यको सीमा ६०८ देखि ९१२ रुपैयाँ निर्धारण गरिएको थियो ।

अब दोस्रो चरण अन्तर्गत सर्वसाधारणलाई कट अफ मूल्य अर्थात ९१२ मा १० प्रतिशत घटाएर आईपीओ जारी गरिनेछ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता रु. ८२०.८० मा आईपीओ जारी गर्नेछ ।

कम्पनीले बुक बिल्डिङमार्फत हाल कायम चुक्तापूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात १९ लाख २६ हजार ६०० कित्ता सेयर निष्कासनको अनुमति पाएको छ । कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि जारी गरिएको हो ।

सर्वोत्तम सिमेन्टपछि बुक बिल्डिङमार्फत आईपीओ जारी गर्ने रिलायन्स स्पीनिङ मिल्स दोस्रो कम्पनी बन्नेछ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार १०:३३

फुङलिङमा यातायात र शैक्षिक संस्थामा अबरोध तथा बन्द गर्न नपाईने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्र भित्र आज (शुक्रबार)

फुङलिङ नगरपालिकाद्धारा असल बुहारी सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले असल बुहारीलाई सम्मान गरेको

अखिल क्रान्तिकारी ताप्लेजुङको अध्यक्षमा अनिता पन्दाक निर्वाचित

रेडियो काबेलीताप्लेजुङ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ताप्लेजुङको

उहिलेको तिज

अर्पना बुढाथोकीताप्लेजुङ । अहिलेका दिदीबहिनीहरुले आधुनिक तिज मनाइरहेको बेलामा मलाई

हरितालिका तीजको महिमाः उपवास र हालको सृगांरिक पक्षले ल्याउन खोजेको समानता

ई.वीरेन्द्र श्रेष्ठताप्लेजुङ । हरितालिका तीज सनातन धर्म भित्रको एक विशेष