रिलायन्स स्पिनिङ्ग मिल्सको कटअफ मूल्य निर्धारण, सर्वसाधारणलाई कतिमा जारी होला आईपीओ ?



रिलायन्स स्पिनिङ्ग मिल्सले संस्थागत लगानीकर्तालाई जारी गरेको सेयरको शिलबन्दी बोलपत्र आज खोलिएको छ । उक्त बोलपत्र नेपाल स्टक एक्सचेञ्च लिमिटेडको कार्यालयमा आज खोलिएको हो ।

यो सेयरमा ६४ वटा योग्य संस्थागत लगानीकर्ताबाट आवेदन परेको थियो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार १८ वटा संस्थागत लगानीकर्ताले उच्च मूल्य प्रतिकित्ता रु.९१२ मा बोलपत्र आवेदन पेश गरेका छन् ।

कम्पनीको सेयरको कट अफ मूल्य उच्च मूल्य अर्थात ९१२ नै निर्धारण गरिएको छ । यो मूल्यमा सेयर खरिदका लागि आवेदन दिएका लगानीकर्ताले आवेदनको अनुपातमा सेयर प्राप्त गर्नेछन् । यसको अर्थ प्रतिकित्ता ९१२ रुपैयाँ मूल्यमा बोलपत्र पेश गर्नेले माग गरेको कुल सेयरको ६५.७२ प्रतिशत मात्रै प्राप्त गर्नेछन् ।

यो मूल्यभन्दा बढीमा सेयर माग गर्नेहरुले भने माग गरेबमोजिम नै सेयर प्राप्त गर्नेछन् । कम्पनीले गत माघ १० गतेदेखि माघ १४ गतेसम्म योग्य संस्थागत लगानीकर्ताका लागि बुक बिल्डिङ विधिमार्फत ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्कासन गरेको थियो । सेयरको बिक्री मूल्यको सीमा ६०८ देखि ९१२ रुपैयाँ निर्धारण गरिएको थियो ।

अब दोस्रो चरण अन्तर्गत सर्वसाधारणलाई कट अफ मूल्य अर्थात ९१२ मा १० प्रतिशत घटाएर आईपीओ जारी गरिनेछ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता रु. ८२०.८० मा आईपीओ जारी गर्नेछ ।

कम्पनीले बुक बिल्डिङमार्फत हाल कायम चुक्तापूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात १९ लाख २६ हजार ६०० कित्ता सेयर निष्कासनको अनुमति पाएको छ । कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि जारी गरिएको हो ।

सर्वोत्तम सिमेन्टपछि बुक बिल्डिङमार्फत आईपीओ जारी गर्ने रिलायन्स स्पीनिङ मिल्स दोस्रो कम्पनी बन्नेछ ।

प्रकाशित मिति : 10:33 am

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था

तोक्मेडाँडामा यात्रु सहायता कक्ष सञ्चालन

ताप्लेजुङ, असोज १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडामा यात्रुको

कांग्रेस महाधिवेशनका लागि ताप्लेजुङबाट ३२ प्रतिनिधि चयन

ताप्लेजुङ, असोज १७ गते । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनका

छैटौँ सिरिजङ्गा गोल्डकप मंसिर २३ देखि

ताप्लेजुङ, असोज १६ गते। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा छैटौँ संस्करणको

अरिङ्गाल झार्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का एक