फुङलिङ नगरपालिकाले  नगरका मासु व्यवसायीसँग छलफल गर्ने




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले  नगरका मासु व्यवसायीसँग छलफल गर्ने भएको छ । नगरपालिकाले मासुको व्यवस्थापन, सरसफाइ लगायतका विषयमा माघ १६ गते दिउसो १ बजेदेखि छलफल गर्न लागेको नगर उपप्रमुख भिमादेवी ओझाले जानकारी दिइन् ।  

धरान लगायतका ठूला शहरमा जस्तै एकै ठाउँमा सुविधा सम्पन्न वधशाला र बिक्री वितरण केन्द्र बनाउने तयारीमा रहेको नगरपालिकाले त्यो विषयमाथि व्यवसायीसँग छलफलको तयारी गरेको जनाएको छ । नगर उप प्रमुख  ओझाका अनुसार सदरमुकामको फुङलिङको दुई वा तीन ठाउँमा व्यवस्थित मासुपसल सञ्चालन गर्ने तयारीमा नगरपालिका रहेको छ ।

त्यो प्रकृया प्रारम्भ गर्नु अघि व्यवसायीसँग छलफल गर्न लागिएको ओझाले बताइन् । । मासु व्यवसायीको सुझावका आधारमा नगर कार्यपालिकामा योजना लैजाने नगरको तयारी रहेको उप प्रमुखको ओझाको भनाई  रहेको छ ।

प्रकाशित मिति : 3:00 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन