मुकुम्लुङ संरक्षणका लागि ताप्लेजुङको फुङलिङमा भोलि जनप्रदर्शन हुने



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । मुक्कुम्लुङ संरक्षणका लागि ताप्लेजुङको फुङलिङमा जनप्रदर्शन हुने भएको छ । भोलि माघ १५ गते विभिन्न संघ संस्थाहरूको आयोजनामा शान्तिपूर्ण विरोध जन प्रदर्शन हुने भएको हो । 

भोली मुक्कुमलुङ फासिङ तान्सेप चुम्भो सहित मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति सहित विभिन्न संघ संस्थाहरूको आयोजनामा शान्तिपूर्ण विरोध जन प्रदर्शन हुने भएको केबलकार निर्माण खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले जानकारी दिनु भएको छ । 

भोलि बिहान साढे १० बजेदेखि विरोध र्‍याली सुरु हुने मुक्कुमलुङ संयुक्त संघर्ष समितिका संयोजक श्री लिङ्खिले जानकारी दिनु भएको छ । उहाँका अनुसार र्‍याली तमोर हस्पिटल हुँदै विरेन्द्र चोकदेखि टुक्रे पुगी पुन फर्की तोक्मे डाँडाँ पुगी कोण सभामा परिणत हुने भएको छ । 

उक्त विरोध प्रदर्शनमा नेपाल राज्यका कुनै पनि स्थानका जनताले आफ्नो इच्छा अनुसार भाग लिन पाउने पनि लिङखिमले जानकारी दिनुभयो । साथै सम्पूर्ण जनसमुदायलाई शान्तिपूर्ण विरोध जन प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ । 
 

प्रकाशित मिति : 12:54 pm

ताप्लेजुङ गोल्ड कपका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने

ताप्लेजुङ, साउन १८ गते । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप

ताप्लेजुङमा नयाँ  ‘त्रिवेणी फिडर’ सञ्चालनमा आयो

ताप्लेजुङ, साउन १७ गते । ताप्लेजुङको हिटी सबस्टेसनबाट नयाँ ‘त्रिवेणी

निङमा छ्योखोरलिङ बौद्ध गुम्बा निर्माणमा जुटे स्थानीय 

ताप्लेजुङ, साउन १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ स्थित निङमा छ्योखोरलिङ

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको तयारी तीब्र 

ताप्लेजुङ , साउन १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई