मुकुम्लुङ संरक्षणका लागि ताप्लेजुङको फुङलिङमा भोलि जनप्रदर्शन हुने



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । मुक्कुम्लुङ संरक्षणका लागि ताप्लेजुङको फुङलिङमा जनप्रदर्शन हुने भएको छ । भोलि माघ १५ गते विभिन्न संघ संस्थाहरूको आयोजनामा शान्तिपूर्ण विरोध जन प्रदर्शन हुने भएको हो । 

भोली मुक्कुमलुङ फासिङ तान्सेप चुम्भो सहित मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति सहित विभिन्न संघ संस्थाहरूको आयोजनामा शान्तिपूर्ण विरोध जन प्रदर्शन हुने भएको केबलकार निर्माण खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले जानकारी दिनु भएको छ । 

भोलि बिहान साढे १० बजेदेखि विरोध र्‍याली सुरु हुने मुक्कुमलुङ संयुक्त संघर्ष समितिका संयोजक श्री लिङ्खिले जानकारी दिनु भएको छ । उहाँका अनुसार र्‍याली तमोर हस्पिटल हुँदै विरेन्द्र चोकदेखि टुक्रे पुगी पुन फर्की तोक्मे डाँडाँ पुगी कोण सभामा परिणत हुने भएको छ । 

उक्त विरोध प्रदर्शनमा नेपाल राज्यका कुनै पनि स्थानका जनताले आफ्नो इच्छा अनुसार भाग लिन पाउने पनि लिङखिमले जानकारी दिनुभयो । साथै सम्पूर्ण जनसमुदायलाई शान्तिपूर्ण विरोध जन प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ । 
 

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार १२:५४

मैवाखोला गाउँपालिकाका १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी तालिम प्रदान 

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी

फुङलिङ नगरपालिका शुक्रबार शोक बिदा दिने 

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले शुक्रबार भोलि शोक बिदा दिने

मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई मात्र बजेटमा समावेश गर्ने

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई