अनेरास्ववियु ताप्लेजुङको २३औं जिल्ला अधिवेशन माघ १९ र २० मा हुँदै 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ताप्लेजुङको २३औं जिल्ला अधिवेशन हुने भएको छ । अधिवेशन यही माघ १९ र २० गते हुने भएको हो । 

आज एक पत्रकार सम्मेलन गर्दै अधिवेशनको तयारी भइरहेको अनेरास्ववियु जिल्ला कमिटी ताप्लेजुङका संयोजक मिङ्मा शेर्पाले जानकारी दिनु भएको छ । “ताप्लेजुङमा सबैका लागि शिक्षा हाम्रो आह्वान सार्वजनिक शिक्षा सुधारका लागि अनेरास्ववियुको अभियान” भन्ने मूल नाराका साथ अनेरास्ववियुका केन्द्रीय कमिटीका अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा नेकपा एमाले ताप्लेजुङ जिल्ला पार्टी कार्यालयको सभा हलमा अधिवेशन सम्पन्न हुने शेर्पाले बताउनुभयो ।

यस अधिवेशनलाई सफल पार्न १० वटा उपसमिति समेत गठन गरिएको छ । नवनिर्वाचित कमिटीमा ७ पदाधिकारी सहित ४१ सदस्य रहने बताइएको छ । जसमा ७ पदाधिकारीमा २ महिला अनिवार्य गरिएको छ । 

अधिवेशनका लागि नव गठित कमिटीहरु मध्ये ताप्लेजुङका ८ वटा गाउँपालिका कमिटीहरूबाट २ महिला अनिवार्य सहित ५ जनाको दरले ४० जना र १ नगरपालिकाबाट ३ महिला सहित ७ जना र क्याम्पस कमिटीबाट १ महिला सहित ३ जना गरी जम्मा ५० जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ । आयोजक कमिटीमा रहेका ५७ जना स्वत प्रतिनिधि हुने विधानमा व्यवस्था रहेको छ । 

अधिवेशन आयोजक कमिटीले यस अघि नै ताप्लेजुङको ३८ वटा मावि कमिटी, ९ वटा पालिका कमिटी र १ वटा क्याम्पस कमिटी गठन भने सम्पन्न गरेको छ । अधिवेशनका लागि जिल्ला कमिटी ताप्लेजुङले लोगो समेत सार्वजनिक गरेको छ । 

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार १२:२७

नाटक “मुक्कुमलुङ” विश्वासको शक्ति युट्युबमा सार्वजनिक

काठमाडौं । डा.चित्र माबोको कथासंग्रह “डोलीभर्ना”मा आधारित नाटक मुक्कुमलुङ विश्वासको

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

रेडियो काबेली । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको

एक महिनामा पाथीभरामा चढाइएको २९ लाख बढी भेटी गणना 

ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा चढाइएको २९ लाख बढी

रेडियो तमोरकर्मी बिक्रम लामगादेद्धारा जन्मदिनको अवसरमा बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

ताप्लेजुङ । रेडियो तमोरकर्मी बिक्रम लामगादेले आफ्नो जन्मदिनको अवसरमा बिद्यार्थीलाई

माघ १४ गतेदेखि लिवाङमा पाँचौं मुन्धुङ्गे कप २०८१ आयोजना हुने

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३, लिवाङमा यही माघ १४ गतेदेखि