भानु माविले फाल्गुणमा ७५ औँ वार्षिक उत्सव मनाउँदै,विभिन्न आठ शिर्षकमा सहयोगको आह्वान



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको नमुना विद्यालयको रुपमा रहेको भानु जन माध्यमिक विद्यालयले ७५ औँ वार्षिक उत्सव मनाउने भएको छ । भानु जन माविले स्थापनाको ७५ औं वार्षिक उत्सव फाल्गुण २, ३ र ४ गते मनाउन लागेको प्रधानाध्यापक किशोर कुमार राईले बताए । आइतबार पत्रकार सम्मेलन गर्दै प्रधानाध्यापक राईले वार्षिक उत्सव कार्यक्रममा भानु जन मा.वि का भूतपूर्व प्रधानाध्यापक, भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पदाधिकारी, भूतपूर्व शिक्षक, जग्गा दाता, चन्दा दाता, अभिभावक, भूतपूर्व ljधार्थी एवं सरोकारवालाहरूलाई सम्मान गरिने तथा विद्यालयसँग सम्बन्धित रहेका व्यक्तिहरूको लेखहरू समावेश गरिएको स्मारिका विमोचन गरिने बताए ।


प्रधानाध्यापक राईका अनुसार फाल्गुण २ गते उद्घाटन सहित फुङलिङ नगरपालिका भित्र रहेका माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगिता हुने छ भने फाल्गुण ३ गते भलिबल सहित फुङलिङ नगरपालिका भित्रका माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुनेछ । फाल्गुण ४ गते भलिबलको फाइनल सहित पुरस्कार तथा सम्मान सहित कार्यक्रम सकिने विद्यालयले जनाएको छ। साथै तिन दिननै सांस्कृतिक कार्यक्रम समेत गरिने प्रधानध्यापक राईले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्षको संयोजकत्वमा ३०१ सदस्यीय मूल आयोजक समिति र ११ सदस्यीय कार्यकारी समिति निर्माण गरेको छ । कार्यक्रमको लागत २० लाख अुनमान गरिएको प्रधानाध्यापक राईले बताए ।

नुमना माध्यमिक विद्यालय रुपमा अघि बढि रहेको विद्यालय अझ राम्रो बनाउन सहयोग गर्न समेत आह्वान गरेको छ ।
छात्रावास, आधुनिक विज्ञान प्रयोगशाला, सुविधायुक्त पुस्तकालय, उपयुक्त क्यान्टिन, म्युजियम, खानेपानी तथा शौचालय, स्वास्थ्य भवन र शिक्षक भवन गरि आठवटा क्षेत्रमा आफूलाई इच्छा लागेको क्षेत्रमा सहयोग गर्न समेत विद्यालयले आह्वान गरेको छ । विद्यालयले भानु माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितका अध्यक्ष एवम् पदाधिकारी, पूर्व प्रधानाध्यापक, पूर्व विधार्थी एवम् अभिभावक साथै सरोकारवाला सबैलाई कार्यक्रममा उपस्थित हुन आग्रह समेत गरेको छ ।


२००६ सालमा स्थापना भएको विधालयले हाल अंग्रेजी तथा नेपाली दुवै माध्यमहरुबाट पठनपाठन गरि रहको छ भने विद्यालयमा जिल्लामै पहिलो पटक सङ्गीतको कक्षा पनि सञ्चालनमा रहेको छ । प्राविधिक धारका सिभिल इन्जिनियरिङ सहित साईन्स एवं विभिन्न विषयहरूको अध्ययन पनि गर्न सकिने भएकाले हाल विधार्थी तथा अभिभावकको पहिलो रोजाईमा पर्ने गरेको विद्यालयले दावी गरेको छ । विद्यालयमा हाल बाल कक्षा देखि कक्षा १२ सम्म २ हजार बढि विद्यार्थी अध्ययन गरिरहेको विद्यालयले जनाएको छ । विद्यालयमा केही समय अघिबाट जिल्लामा नै पहिलो पटक आईटी एकेडी बनेको छ भने उक्त एकेडेमीबाट ग्राफिक्स डिजाईनिङका कक्षा समेत सञ्चालन भई रहेको छ।

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार ११:४७

पाथिभरा याङवरकले दियो कृषकलाई उपकरण र सुन्तलाको बिरुवा

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाले कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र

नेकपा एस ताप्लेजुङले अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउने 

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले जिल्ला अधिवेशनमा दुई

आठराई त्रिवेणी गाउँपालिकाको तीन वर्षे प्रगति सार्वजनिक

साहारा लिम्बूताप्लेजुङ। आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले आफ्नो

केबुलकारको विरुद्धमा फेरी आन्दोलनका चरणहरू सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा केबुलकार निर्माणको

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय