ताप्लेजुङका ४१ वटा वडा आगलागीको उच्च जोखिममा



ताप्लेजुङ । जिल्ला बिपद् व्यवस्थापन समितिले ताप्लेजुङ जिल्लाका ६१ वटा वडालाई बाढी पहिरो,आगलागी,खडेरी र चट्याङको जोखिमका दृष्टीले वर्गिकरण गरेको छ ।

जिल्ला बिपद् व्यवस्थापन समितिले चालू आर्थिक बर्ष २०८०/८१ का लागि बनाएको बिपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार आगलागीका हिसावले ४१ वटा वडा उच्च जोखिममा देखिएका छन् । बाढी तथा पहिरो र खडेरीका दृष्टीले भने ४० वटा वडा उच्च जोखिममा देखिएको प्रतिकार्य योजनामा उल्लेख गरिएको छ ।

जिल्ला बिपद् व्यवस्थापन समितिले तयार पारेको योजना अनुसार चट्याङका हिसावले भने जिल्लाभरमै उत्तिकै जोखिम छ ।आगलागीका दृष्टीले फुङलिङ नगरपालिकाको २ देखि ९ सम्मका वडा उच्च जोखिमा छन् । बाँकी मध्यम जोखिममा रहेको पूर्व तयारी तथा प्रतिकार्य योजनामा उल्लेख गरिएको छ ।

यस्तै सिरिजङ्गा गाउँपालिकाको वडा नं. १, सिदिङ्वा गाउँपालिकाको वडा नं. ४,फक्ताङ्लुङ गाउँपालिकाको १ देखि ६ नम्बर सम्मका वडा,मिक्वाखोला गाउँपालिकाको वडा नं. ४ बाहेक बाँकी ४ वटा वडा र मेरिङदेन गाउँपालिकाको वडा नं. ४ बाहेक बाँक ५ वटा वडा उच्च जोखिममा रहेका छन् ।

मैवाखोला गाउँपालिकाको ६ नम्बर वडा बाहेक बाँकी ५ वटा वडा तथा आठराई त्रिबेणी गाउँपालिकाका सबै ५ वटै वडा तथा पाथीभरा याङ्वरक गाउँपालिकाको सबै ६ वटै वडा उच्च जोखिममा रहेको बिपद् व्यवस्थापन समितिले आफ्नो प्रतिकार्य योजनामा उल्लेख गरेको छ ।

एक नगरपालिका र आठ गाउँपालिका सहित ९ स्थानीय तह रहेको ताप्लेजुङमा जिल्ला बिपद् व्यवस्थापन समितिले पालिका प्रमुखहरुकै उपस्थिति र परार्मशमा बिपद्का दृष्टीले जोखिमयुक्त क्षेत्र पहिचान गर्ने गरेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने जिल्ला बिपद् व्यवस्थापन समितिमा स्थानीय तहका प्रमुखहरु पदेन सदस्य हुनेछन् ।eujyalopost.com

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार १३:३५

साढे तीन महिनापछि सुकेटार विमानस्थलमा शनिबारबाट उडान हुँदै

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान

मेरिङ्देन सडक खण्डमा बन्द गरिएको मालबाहक सवारी साधन सञ्चालनमा आयो

ताप्लेजुङ। गत चैत ६ गते देखि मेरिङ्देन सडक खण्डमा बन्द

आठराई त्रिवेणी गाउँपालिकाले दियो ज्येष्ठ नागरिकलाई दन्त उपहार

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाले ५९ जना ज्येष्ठ नागरिकलाई निःशुल्क

मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला स्तरीय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको

प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा हाङबाङ 

ताप्लेजुङ । प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा प्रजिन हाङबाङ