ताप्लेजुङका ४१ वटा वडा आगलागीको उच्च जोखिममा



ताप्लेजुङ । जिल्ला बिपद् व्यवस्थापन समितिले ताप्लेजुङ जिल्लाका ६१ वटा वडालाई बाढी पहिरो,आगलागी,खडेरी र चट्याङको जोखिमका दृष्टीले वर्गिकरण गरेको छ ।

जिल्ला बिपद् व्यवस्थापन समितिले चालू आर्थिक बर्ष २०८०/८१ का लागि बनाएको बिपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार आगलागीका हिसावले ४१ वटा वडा उच्च जोखिममा देखिएका छन् । बाढी तथा पहिरो र खडेरीका दृष्टीले भने ४० वटा वडा उच्च जोखिममा देखिएको प्रतिकार्य योजनामा उल्लेख गरिएको छ ।

जिल्ला बिपद् व्यवस्थापन समितिले तयार पारेको योजना अनुसार चट्याङका हिसावले भने जिल्लाभरमै उत्तिकै जोखिम छ ।आगलागीका दृष्टीले फुङलिङ नगरपालिकाको २ देखि ९ सम्मका वडा उच्च जोखिमा छन् । बाँकी मध्यम जोखिममा रहेको पूर्व तयारी तथा प्रतिकार्य योजनामा उल्लेख गरिएको छ ।

यस्तै सिरिजङ्गा गाउँपालिकाको वडा नं. १, सिदिङ्वा गाउँपालिकाको वडा नं. ४,फक्ताङ्लुङ गाउँपालिकाको १ देखि ६ नम्बर सम्मका वडा,मिक्वाखोला गाउँपालिकाको वडा नं. ४ बाहेक बाँकी ४ वटा वडा र मेरिङदेन गाउँपालिकाको वडा नं. ४ बाहेक बाँक ५ वटा वडा उच्च जोखिममा रहेका छन् ।

मैवाखोला गाउँपालिकाको ६ नम्बर वडा बाहेक बाँकी ५ वटा वडा तथा आठराई त्रिबेणी गाउँपालिकाका सबै ५ वटै वडा तथा पाथीभरा याङ्वरक गाउँपालिकाको सबै ६ वटै वडा उच्च जोखिममा रहेको बिपद् व्यवस्थापन समितिले आफ्नो प्रतिकार्य योजनामा उल्लेख गरेको छ ।

एक नगरपालिका र आठ गाउँपालिका सहित ९ स्थानीय तह रहेको ताप्लेजुङमा जिल्ला बिपद् व्यवस्थापन समितिले पालिका प्रमुखहरुकै उपस्थिति र परार्मशमा बिपद्का दृष्टीले जोखिमयुक्त क्षेत्र पहिचान गर्ने गरेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने जिल्ला बिपद् व्यवस्थापन समितिमा स्थानीय तहका प्रमुखहरु पदेन सदस्य हुनेछन् ।eujyalopost.com

प्रकाशित मिति : 1:35 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी