६ महिनामा २८ हजार ३ सय ९० जना पर्यटक सगरमाथा क्षेत्र पुगे



सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा गएको साउनदेखि पुससम्मको छ महिनामा २८ हजार तीन सय ९० जनाले भ्रमण गरेका छन् । यो सङ्ख्या गएको वर्षको साउनदेखि पुससम्मको तुलनामा एक हजार चार सय ४१ जनाले धेरै हो ।

गएको आर्थिक वर्षको पहिलो छ महिनामा २६ हजार नौ सय ४९ जना पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए । यस वर्ष सगरमाथा क्षेत्रमा पुगेका २८ हजार तीन सय ९० जनामध्ये तीन हजार पाँच सय ८३ जना नेपाली र बाँकी विदेशी हुन् ।

यस्तै गएको छ महिनामा सगरमाथा राष्ट्रिय निकुञ्जमा सङ्कलन भएको राजस्व झन्डै ११ प्रतिशतले बढेको छ । छ महिनामा निकुञ्जले छ करोड ९६ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

निकुञ्जले सगरमाथा क्षेत्र घुम्ने विदेशीबाट प्रतिव्यक्ति तीन हजार, सार्क क्षेत्रका देशका व्यक्तिबाट एक हजार पाँच सय र नेपालीसँग एक सय रुपैयाँ शुल्क लिने गरेको छ । विशेषगरी पदयात्रा र पर्वतारोहणका लागि पर्यटकहरू सगरमाथा क्षेत्रमा पुग्ने गरेका छन् ।

प्रकाशित मिति : 10:44 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा