अब अमेरिकी स्टक एक्सचेन्जमा नेपाली कम्पनीले कारोबार गर्ने



नेपाली उद्यमी डा. समीर मास्केले स्थापना गर्नुभएको कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको स्टक एक्सचेन्ज ‘नास्डक’ मा सूचीकृत हुने भएको छ ।

‘आर्टिफिसियल इन्टेलिजेन्स’ (कृत्रिम बौद्धिकता–एआई) सँग सम्बन्धित काम गर्दै आएको कम्पनी ‘फ्युजमेसिन्स’ र ‘सीएसएलएम एक्विजिसन कर्प’ बीच ‘नास्डक’ मा सूचीकृत हुने गरी मर्जर सम्झौता भएको छ । मर्जरपछि कम्पनीको मूल्याङ्कन २ सय मिलियन डलर बराबरको हुने अपेक्षा गरिएको छ ।

कम्पनीका संस्थापकसमेत रहनुभएका प्रमुख कार्यकारी अधिकृत डा। मास्केका अनुसार ‘सीएसएलएम’ कम्पनीसँगको सहकार्यपछि कम्पनी ‘फ्युज’ नामबाट ‘नास्डाक’ मा सूचीकृत हुनेछ । यो प्रक्रिया सन् २०२४ को दोस्रो त्रैमाससम्म पूरा हुनेछ । अहिले यो सम्झौतालाई दुवै कम्पनीको सञ्चालक समितिले सर्वसम्मतिले पारित गरिसकेको छ भने अब शेयरधनीहरूको स्वीकृति र आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि कम्पनी ‘नास्डाक’ मा सूचीकृत हुनेछ ।

अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा सहप्राध्यापकसमेत रहनुभएका डा। मास्केले सन् २०१३ मा ‘फ्युजमेसिन्स’ कम्पनी स्थापना गर्नुभएको थियो । अहिले ‘फ्युजमेसिन्स’ कम्पनीले नेपाल, अमेरिका र क्यानाडाका विभिन्न कम्पनी तथा संस्थासँग काम गरिरहेको छ । कम्पनीमा कार्यरत ४ सय ५० जना कर्मचारीमध्ये ३ सय ५० जनाले नेपालबाट काम गरिरहेका उहाँले बताउनुभयो ।

डा। मास्केले कम्पनीको संस्थापकका रूपमा विश्वको प्रमुख वित्तीय साधन परिचालन गर्ने निकाय ुनास्डाकु मा सूचीकृत भएर कारोबार गर्न पाउनु कम्पनीका लागि कोशेढुङ्गा नै भएको बताउनुभयो ।

सम्झौताअनुसार ‘सीएलएलएम’ मा आबद्ध भएकाहरूले ‘पाइप फाइनान्सिङ’ र ‘प्रिक्लोजिङ फाइनान्सिङ’ गरी मिश्रित ढङ्गले ‘फ्युजमेसिन्स’ मा १९ दशमलव ४४ मिलियन डलरसम्म लगानीको प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार १२:०२

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी

जेनजी प्रदर्शन : कृषिमन्त्रीले दिए राजीनामा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट

फक्ताङलुङ गाउँपालिकाद्धारा मंगलबार शोक विदा

रेडियो काबेलीताप्लेजुङ । सोमबार काठमाडौंमा भएको नयाँ युवापुस्ता (जेनजी) हरुको

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको २ लाख १२ हजार

ताप्लेजुङ, भदौ २२ गते । सुनचाँदीको भाउमा आज नयाँ रेकर्ड

फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानद्धारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, भदौ २२ गते । फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानले क्यान्सर पीडितलाई