नश्ल सुधारका लागि मेरिङदेनद्धारा निशुल्क कृत्तिम गर्भाधान सेवा सुरु




रेडियो काबेली
ताप्लेजुङ ।
मेरिङदेन गाउँपालिकाले उन्नत जातीय नश्ल सुधार गर्नका लागी निशुल्क सेवा सुरु गरेको छ । पालिकाले कृत्तिम गर्भाधान कार्यक्रम संचालन कार्यविधी २०८० बनाएर उक्त सेवा सुरु गरेको हो ।


गत पुष १८ गते कार्यविधी गाउँपालिकाबाट पारित भई सेवा सुरु भएको र हालसम्म दुई वटा भैँसी र एउटा गाईमा कृत्तिम गर्भाधान गरिएको र बाख्रामा पनि कृत्तिम गर्भाधान गराउने प्रकृयामा रहेको सुचना अधिकारी जितेन लिम्बुले जानकारी दिए ।


उन्नत जातीय नश्ल सुधार गरि व्यवसायिक पशुपालनमा सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले उक्त सेवा गाई, भैँसी र बाख्रामा सुरु गरेको जनाएको छ । पालिकाका पशु प्राविधिकले कृषकको घर दैलोमा नै पुगेर सेवा प्रवाह गर्ने छन् भने सो सेवा मेरिङदेन गाउँपालिका अस्थायी एव्म स्थायी रुपमा बसोबास गर्ने कृषकले पाउने कार्यविधीमा उल्लेख रहेको छ ।


सेवा प्रवाह गर्ने पशु प्राविधिकले कार्यालय समयमा कार्यलयमा सेवा प्रवाह गरेमा निशुल्क, कार्यालय समयभित्र हाजिर भई कृषकको घरमा गई सेवा दिएमा ८ सय रुपैँया, कार्यालय समय बाहिर कृषकको घरमा गई सेवा दिए १ हजार २ सय र बाख्राको जुन सुकै समयमा कृत्तिम गर्भाधान गरेमा पाँच सय रुपैँया प्रोत्साहन स्वरुप गाउँपालिकाले दिनेछ । अन्तरपालिकामा सेवा दिएमा पशु प्राविधिकबाट पालिकाले २०० रुपैँया लिएर पालिकाको आन्तरिक राजस्व खातामा जम्मा गर्नेछ ।


स्थानीयले भने सुँगुरमा पनि कृत्तिम गर्भाधान गर्ने व्यवस्था गरि दिए सहज हुने बताएका छन् । एता गाउँपालिकाले प्राविधिक समस्या र लागत धेरै लाग्ने भएका कारण हाल गाई,भैँसी र बाख्रामा मात्रै गर्भधान सेवा सुरु गरिएको जनाएको छ । मेरिङदेन गाउँपालिकाका अधिकाँश घरमा सुँगुर पाल्ने गरिन्छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार ११:००

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी

जेनजी प्रदर्शन : कृषिमन्त्रीले दिए राजीनामा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट

फक्ताङलुङ गाउँपालिकाद्धारा मंगलबार शोक विदा

रेडियो काबेलीताप्लेजुङ । सोमबार काठमाडौंमा भएको नयाँ युवापुस्ता (जेनजी) हरुको

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको २ लाख १२ हजार

ताप्लेजुङ, भदौ २२ गते । सुनचाँदीको भाउमा आज नयाँ रेकर्ड

फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानद्धारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, भदौ २२ गते । फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानले क्यान्सर पीडितलाई