प्रतिनिधिसभा सदस्य बोखिमको पहलमा मैवाखोलाका पहिरो पीडितलाई कम्बल वितरण



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडित परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ । प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिमको पहलमा प्रदेश सरकारमार्फत प्राप्त कम्बल मैवाखोला गाउँपालिका–३ साँघुस्थित अस्थायी आवासमा बस्दै आएका पहिरो पीडित परिवारलाई वितरण गरिएको हो ।

पहिरो पीडित ६५ परिवारलाई एक–एक वटाका दरले कम्बल वितरण गरिएको नेपाली काँग्रेस ताप्लेजुङका पूर्वसचिव छवि गुरुङले जानकारी दिनुभयो । जाडो मौसममा पहिरो पीडित परिवारलाई थोरै भए पनि राहत पुग्ने विश्वास गरिएको गुरुङले बताउनुभयो ।

मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेम लगायतको उपस्थितिमा पहिरो पीडित परिवारलाई कम्बल वितरण गरिएको बताइएको छ । गत असार २ गते गएको पहिरोका कारण मैवाखोला गाउँपालिका–४ साँघु ओदक टोलका ६२ परिवार, ताम्राङका दुई र वडा ३ साँघुका एकसमेत ६५ परिवार विस्थापित भएका छन् ।

पहिरोले विस्थापित भएका परिवारलाई गाउँपालिकाले अस्थायी आवास घर निर्माण गरी पुनर्वासको व्यवस्था मिलाएको छ । eujyalopost.com

प्रकाशित मिति : १० माघ २०८०, बुधबार ०५:३७

पाथिभरा याङवरकले दियो कृषकलाई उपकरण र सुन्तलाको बिरुवा

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाले कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र

नेकपा एस ताप्लेजुङले अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउने 

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले जिल्ला अधिवेशनमा दुई

आठराई त्रिवेणी गाउँपालिकाको तीन वर्षे प्रगति सार्वजनिक

साहारा लिम्बूताप्लेजुङ। आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले आफ्नो

केबुलकारको विरुद्धमा फेरी आन्दोलनका चरणहरू सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा केबुलकार निर्माणको

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय