प्रतिनिधिसभा सदस्य बोखिमको पहलमा मैवाखोलाका पहिरो पीडितलाई कम्बल वितरण



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडित परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ । प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिमको पहलमा प्रदेश सरकारमार्फत प्राप्त कम्बल मैवाखोला गाउँपालिका–३ साँघुस्थित अस्थायी आवासमा बस्दै आएका पहिरो पीडित परिवारलाई वितरण गरिएको हो ।

पहिरो पीडित ६५ परिवारलाई एक–एक वटाका दरले कम्बल वितरण गरिएको नेपाली काँग्रेस ताप्लेजुङका पूर्वसचिव छवि गुरुङले जानकारी दिनुभयो । जाडो मौसममा पहिरो पीडित परिवारलाई थोरै भए पनि राहत पुग्ने विश्वास गरिएको गुरुङले बताउनुभयो ।

मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेम लगायतको उपस्थितिमा पहिरो पीडित परिवारलाई कम्बल वितरण गरिएको बताइएको छ । गत असार २ गते गएको पहिरोका कारण मैवाखोला गाउँपालिका–४ साँघु ओदक टोलका ६२ परिवार, ताम्राङका दुई र वडा ३ साँघुका एकसमेत ६५ परिवार विस्थापित भएका छन् ।

पहिरोले विस्थापित भएका परिवारलाई गाउँपालिकाले अस्थायी आवास घर निर्माण गरी पुनर्वासको व्यवस्था मिलाएको छ । eujyalopost.com

प्रकाशित मिति : 5:37 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका