सिरिजङ्घा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा एघार स्वर्णसहित तेल्लोक मावि प्रथम



रेडियो काबेली

ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न ११ स्वर्ण पदक सहित तेल्लोक माध्यमिक विद्यालय प्रथम भएको छ । यस्तै तेल्लोक माविले ६ रजत र ४ कांस्य पदक पनि जितेको छ भने सिनाम माध्यमिक विद्यालयले ७ स्वर्ण, ७ रजत र ३ कांस्य पदक जित्दै द्धितिय बनेको छ। तृतीय बनेको आम्बेगुदिन माध्यमिक विद्यालयले भने ४ स्वर्ण, ४ रजत र ६ कांस्य पदक प्राप्त गरेको छ ।

त्यस्तै सरस्वती माध्यमिक विद्यालय सिकैँचाले ३ स्वर्ण, ४ रजत र ३ कांस्य, राष्ट्रिय माध्यमिक विद्यालय पेदाङले २ स्वर्ण, ३ रजत र ६ कांस्य पदक जित्दा गणेश माध्यमिक विद्यालय खेबाङले १ स्वर्ण, २ रजत र ४ कांस्य तथा कञ्चनजङ्घा माध्यमिक विद्यालय याम्फुदिनले २ रजत र २ कांस्य पदक जितेको छ । विजेता विद्यालयलाई शिल्ड, ट्रफी र प्रमाणपत्र गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान लगायतले वितरण गरेका थिए ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार १४:०६

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी

जेनजी प्रदर्शन : कृषिमन्त्रीले दिए राजीनामा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट

फक्ताङलुङ गाउँपालिकाद्धारा मंगलबार शोक विदा

रेडियो काबेलीताप्लेजुङ । सोमबार काठमाडौंमा भएको नयाँ युवापुस्ता (जेनजी) हरुको

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको २ लाख १२ हजार

ताप्लेजुङ, भदौ २२ गते । सुनचाँदीको भाउमा आज नयाँ रेकर्ड

फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानद्धारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, भदौ २२ गते । फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानले क्यान्सर पीडितलाई