सानिमा मिडिल तमोर हाइड्रोपावरले दियो दुई पालिकालाई एम्बुलेन्स 



ताप्लेजुङ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले दुईवटा गाउँपालिकालाई एम्बुलेन्स दिएको छ ।

हाइड्रोपावरद्वारा निर्माणाधीन मध्य तमोर जलविद्युत आयोजना (७३ मेगावाट) को सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत रहने गरि आयोजनाको मुख्य प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सहज हुने उद्देश्यले मिक्वाखोला गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकालाई दिएको हो । 

हाइड्रोपावरले मिक्वाखोलालाई एक थान फक्ताङ्लुङ गाउँपालिकालाई एक थान गरि जम्मा दुई थान एम्बुलेन्स उपलब्ध गराएको छ । आइतबार मिक्वाखोला गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी एम्बुलेन्स हस्तान्तरण गरिएको हो । फक्ताङ्लुङलाई भने यस अधि नै हस्तान्तरण गरिसकेको हाइड्रोपावरले जनाएको छ । 

हाइड्रोपावरका अनुसार उक्त एम्बुलेन्सहरु मध्ये एउटा फक्ताङ्लुङ गाउँपालिका वडा न. ३ स्थित सिवा स्वास्थ्य चौकी र मिक्वाखोला गाउँपालिकाको खोक्लीङ क्षेत्रमा रहने गरी उपलब्ध गराइएको हो । 

प्रकाशित मिति : 5:49 am

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक

प्रथम लिङ्तेप गोल्डकप : उपाधिका लागि साथीभाइ र पाँचथर भिड्दै 

ताप्लेजुङ, माघ १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी

प्रथम लिङ्तेप गोल्डकप : साथीभाइ र पाँचथर फाइनलमा प्रवेश 

ताप्लेजुङ, माघ १२ गते । साथीभाइ सामाजिक युवा क्लब फुङलिङ र

ताप्लेजुङमा चाँदी चोरी गर्ने पक्राउ 

ताप्लेजुङ, माघ १२ गते । ताप्लेजुङको  फुङलिङ बजारमा रहेको अनमोल