कक्षा ११ र १२ को परीक्षाका लागि आवेदन फाराम खुल्ला




रेडियो काबेली

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा सञ्चालन गरिने कक्षा ११ को ग्रेडवृद्धि र कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने नियमित र ग्रेडवृद्धितर्फका विद्यार्थीका लागि माघ मसान्त भित्र परीक्षा शुल्क बापतको रकम दाखिला गर्न आग्रह गरेको छ ।

माघ मसान्तभित्र रकम दाखिला गर्न छुटेका विद्यार्थीहरुले फागुन १५ गतेसम्म अविलम्ब शुल्कसहित रकम बुझाइ राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भर्न सक्नेछन् ।

सम्बन्धित विद्यालय र क्याम्पसहरूले विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाएको बैंक भौचर वा डिजिटल भुक्तानी गरेको अवस्थामा त्यसको प्रमाणसहित फागुन २१ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फाराम बुझाउन पनि बोर्डले आग्रह गरेको छ ।

प्रकाशित मिति : 9:56 am

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा

ताप्लेजुङमा आँखा शिविर : अइतबार सम्ममा १३३ जना भेटिए मोतियाबिन्दुका बिरामी

ताप्लेजुङ, मंसिर १ गते । ताप्लेजुङमा सञ्चालित शल्यक्रिया सहितको निःशुल्क

पाथीभरामा कात्तिक महिनामा ४२ हजार बढी भक्तजन आए 

साहारा लिम्बू ताप्लेजुङ, कात्तिक ३० गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा

पाथीभरामा कात्तिक महिनामा ३४ लाख ४८ हजार बढी भेटी सङ्कलन 

साहारा लिम्बूताप्लेजुङ, कात्तिक ३० गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा

अन्तराष्ट्रिय आमन्त्रण आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २८ गते । अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप