कक्षा ११ र १२ को परीक्षाका लागि आवेदन फाराम खुल्ला




रेडियो काबेली

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा सञ्चालन गरिने कक्षा ११ को ग्रेडवृद्धि र कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने नियमित र ग्रेडवृद्धितर्फका विद्यार्थीका लागि माघ मसान्त भित्र परीक्षा शुल्क बापतको रकम दाखिला गर्न आग्रह गरेको छ ।

माघ मसान्तभित्र रकम दाखिला गर्न छुटेका विद्यार्थीहरुले फागुन १५ गतेसम्म अविलम्ब शुल्कसहित रकम बुझाइ राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भर्न सक्नेछन् ।

सम्बन्धित विद्यालय र क्याम्पसहरूले विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाएको बैंक भौचर वा डिजिटल भुक्तानी गरेको अवस्थामा त्यसको प्रमाणसहित फागुन २१ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फाराम बुझाउन पनि बोर्डले आग्रह गरेको छ ।

प्रकाशित मिति : 9:56 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका