सिरिजङ्गा गाउँपालिकाले किबी सहित फलफुल जुस उद्योग स्थापना गर्ने



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले किबी सहित फलफुल जुस उद्योग स्थापना गर्ने भएको छ । अघिल्लो १३ औँ गाउँसभामा स्वीकृत भए बमोजिमको बजेटबाट गाउँपालिकाले किबी सहित फलफुल जुस उद्योग स्थापना गर्न लागेको पालिका उपाध्यक्ष डा. चित्र मावोले बताए । उनका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सकिएको र गाउँपालिकाको केन्द्र तेल्लोकमा उद्योग बनाउन चाँडै सुरु गरिनेछ ।

उपाध्यक्ष मावोले भने,“गाउँपालिकामा किबी खेती राम्रो हुने भएको र बजारीकरणको अभावले कृषिकहरु मारमा परेका कारण कृषिकको किबीलाई प्रशोधन गरि बजारमा विक्री वितरण गर्नको लागि गाउँपालिको उद्योग खोल्न लागेको हो । उद्योग स्थापना पश्चात कृषकको किबी उक्त उद्योगले खरिद गर्ने, ग्रेडिङ गर्ने, किबी नै बेच्ने तथा उद्योगले जुस बनाएर बेच्ने आफै गर्ने छ ।यसबाट कृषकलाई किबी खेती लगायतका फलफुल खेती गर्न प्रोत्साहित गर्नेछ । पहिले किबीको जुस बनाउने भनिएपनि बिस्तारै अन्य फलफुलको जुस बनाउनको लागि गाउँपालिकाले उद्योगलाई विस्तार गर्दे लानेछ ।”


उक्त उधोगको अनुमानित लागत सात करोड ५० लाख रहेको र उक्त रकम मध्ये ५० प्रतिशत गाउँपालिकाको लगानी, संघिय सरकारको अनुदान,निजी कम्पनीहरुको साझेदारी साथै पब्लीक शेयर र कर्मचारी शेयर गरेर लागत रकम जुटाईने पालिकाले जनाएको छ ।

यस्तो बन्नेछ उद्योग डिपिआर अनुसारको तस्विर हेर्नुसः

प्रकाशित मिति : 2:26 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका