सिरिजङ्गा गाउँपालिकाले किबी सहित फलफुल जुस उद्योग स्थापना गर्ने



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले किबी सहित फलफुल जुस उद्योग स्थापना गर्ने भएको छ । अघिल्लो १३ औँ गाउँसभामा स्वीकृत भए बमोजिमको बजेटबाट गाउँपालिकाले किबी सहित फलफुल जुस उद्योग स्थापना गर्न लागेको पालिका उपाध्यक्ष डा. चित्र मावोले बताए । उनका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सकिएको र गाउँपालिकाको केन्द्र तेल्लोकमा उद्योग बनाउन चाँडै सुरु गरिनेछ ।

उपाध्यक्ष मावोले भने,“गाउँपालिकामा किबी खेती राम्रो हुने भएको र बजारीकरणको अभावले कृषिकहरु मारमा परेका कारण कृषिकको किबीलाई प्रशोधन गरि बजारमा विक्री वितरण गर्नको लागि गाउँपालिको उद्योग खोल्न लागेको हो । उद्योग स्थापना पश्चात कृषकको किबी उक्त उद्योगले खरिद गर्ने, ग्रेडिङ गर्ने, किबी नै बेच्ने तथा उद्योगले जुस बनाएर बेच्ने आफै गर्ने छ ।यसबाट कृषकलाई किबी खेती लगायतका फलफुल खेती गर्न प्रोत्साहित गर्नेछ । पहिले किबीको जुस बनाउने भनिएपनि बिस्तारै अन्य फलफुलको जुस बनाउनको लागि गाउँपालिकाले उद्योगलाई विस्तार गर्दे लानेछ ।”


उक्त उधोगको अनुमानित लागत सात करोड ५० लाख रहेको र उक्त रकम मध्ये ५० प्रतिशत गाउँपालिकाको लगानी, संघिय सरकारको अनुदान,निजी कम्पनीहरुको साझेदारी साथै पब्लीक शेयर र कर्मचारी शेयर गरेर लागत रकम जुटाईने पालिकाले जनाएको छ ।

यस्तो बन्नेछ उद्योग डिपिआर अनुसारको तस्विर हेर्नुसः

प्रकाशित मिति : 2:26 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन