शेयर बजार १२ अङ्कले घट्यो, साढे २ वर्षपछि झन्डै १० अर्ब रुपैयाँको कारोबार



रेडियो काबेली
ताप्लेजुङ । शेयर बजार बुधबार दोहोरो अङ्कले घटेको छ । मंगलबार ५४ अङ्कभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव १० अङ्कले घटेर २ हजार १ सय ६३ दशमलव ०६ विन्दुमा झरेको छ । दिउँसो १ बजे २ हजार २ सय १५ विन्दुमा पुगेको नेप्से बन्द हुने बेलामा घटेको हो ।

बुधबार बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बुधबार इस्टर्न हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन आज ग्लोबल आईएमई लघुवित्त, नेपाल वेयरहाउजिङ र हिमालयन रिइन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज ३ करोड ३५ लाख कित्ता शेयर ९ अर्ब ७६ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम झन्डै साढे २ वर्षयताकै उच्च हो । यसअघि विसं २०७८ भदौ २१ गते ९ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको थियो । आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६५ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रकाशित मिति : 10:27 am

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला

तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु

ताप्लेजुङ, पुस २० गते । सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत

प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरीलाई 

ताप्लेजुङ, पुष २० गते । प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरी

षड्यन्त्रमा देश फसेको छ : छितिज थेबे 

ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका केन्द्रीय सदस्य तथा

स्थायित्व र विश्वासिलो लोकतन्त्रका लागि यो निर्वाचन माइलस्टोन : योगेश भट्टराई

ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले