शेयर बजार १२ अङ्कले घट्यो, साढे २ वर्षपछि झन्डै १० अर्ब रुपैयाँको कारोबार



रेडियो काबेली
ताप्लेजुङ । शेयर बजार बुधबार दोहोरो अङ्कले घटेको छ । मंगलबार ५४ अङ्कभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव १० अङ्कले घटेर २ हजार १ सय ६३ दशमलव ०६ विन्दुमा झरेको छ । दिउँसो १ बजे २ हजार २ सय १५ विन्दुमा पुगेको नेप्से बन्द हुने बेलामा घटेको हो ।

बुधबार बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बुधबार इस्टर्न हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन आज ग्लोबल आईएमई लघुवित्त, नेपाल वेयरहाउजिङ र हिमालयन रिइन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज ३ करोड ३५ लाख कित्ता शेयर ९ अर्ब ७६ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम झन्डै साढे २ वर्षयताकै उच्च हो । यसअघि विसं २०७८ भदौ २१ गते ९ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको थियो । आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६५ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रकाशित मिति : 10:27 am

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था

तोक्मेडाँडामा यात्रु सहायता कक्ष सञ्चालन

ताप्लेजुङ, असोज १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडामा यात्रुको

कांग्रेस महाधिवेशनका लागि ताप्लेजुङबाट ३२ प्रतिनिधि चयन

ताप्लेजुङ, असोज १७ गते । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनका

छैटौँ सिरिजङ्गा गोल्डकप मंसिर २३ देखि

ताप्लेजुङ, असोज १६ गते। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा छैटौँ संस्करणको

अरिङ्गाल झार्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का एक