ईपीएस भाषा परीक्षा केही ढिलागरी हुने



काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा केही ढिलाइ हुने भएको छ । ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रका लागि कोरिया जान आवेदन दिएकाहरूको परीक्षा ढिलागरी हुने भएको हो ।

यसअघि जनवरी २० तारिखदेखि परीक्षा हुनेगरी तयार भएको थियो । तर, अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि फेब्रअरी ४ तारिखदेखि सूचना जारी गर्ने गरी काम भइरहेको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले एचआरडी कोरियाका अधिकारीहरूसँगको छलफलको क्रममा २० जनवरी ९माघ ६ गते० देखि परीक्षा गर्ने गरी कार्यतालिका सार्वजनिक गर्ने बताएका थिए । तर, आवेदन फारम भर्ने र आवेदकहरूको परीक्षा सम्बन्धी रेकर्ड राख्ने अनलाइन सिस्टमका कारण परीक्षा केही ढिलाइ हुने महानिर्देशक घिमिरेले बताए ।
‘उनीहरूको कम्प्युटर सिस्टममा पहिला ५ डिजिटको मात्रै रहेछ । भर्खरै त्यो ६ डिजिटको बनायो । अहिले १ लाख ६४ हजारको विवरण कोरिया पठाएर काम हुँदा अलिकति टाइम लाग्ला जस्तो देखियो । अब फेब्रअरीको ४ ९माघ २१ गते० बाट सूचना निकाल्नुपर्ला भनेर टाइम दिएका छन्’ महानिर्देशक घिमिरेले भने ।

यसअघि हजारको संख्यामा आवेदन पर्दै आएको थियो । तर, यो पटक भनेको लाखको संख्यामा आवेदन परेको हो । धेरै आवेदन परेपछि अनलाइन सिस्टम नै अपग्रेड गर्नुपरेको थियो । जसले गर्दा परीक्षामा यसअघिको मितिभन्दा ढिलाइ हुने भएको महानिर्देशक घिमिरेले बताए ।

ईपीएस भाषा परीक्षा तीन चरणमा हुनेछ । एचआरडी कोरियाले भाषा परीक्षा तीन चरणमा गर्ने गरी तयारी गरेको हो । ठूलो संख्यामा आवेदन परेकाले तीन चरणमा परीक्षा सञ्चालन गर्नेगरी एचआरडी कोरियाले तयारी गरेको हो ।

पहिलो चरणमा ४७ हजार जनाको परीक्षा गरिनेछ । त्यस्तै दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजार ७१६ जनाको परीक्षा दिनेगरी कार्यतालिका बनेको हो । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र त्यसपछि तेस्रो चरणको परीक्षा हुनेछ ।

उत्पादनमूलक क्षेत्रका लागि कोरियाले अनुमानित १५ हजार ८४८ जनाका लागि आवेदन आह्वान गरेको थियो । जसमा पानी जहाज निर्माण क्षेत्रका लागि आवेदनकर्ता समेत जोडेर १ लाख ६४ हजार ७१६ जनाको आवेदन परेको छ । जसमा पहिलो पटक १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । भने त्यसपछि पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २० हजार ९०४ जनाले आवेदन दिएका थिए ।

प्रकाशित मिति : 11:59 am

सदिङ्वा गाउँपालिकाको बजेट ५३ करोड ८ लाख बढी 

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक

पत्रकारद्वय पन्दाक र अधिकारी सम्मानित

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङका पत्रकारद्वय चन्द्रबहादुर पन्दाक (प्रयास)

आठराई त्रिवेणीले बढायो बजेट सिलिङ, मैवाखोलामा सबै वडालाई समान

ताप्लेजुङ, असार ५ गते । ताप्लेजुङका दुई स्थानीय तहले आगामी

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक