चिकित्सकको आन्दोलनले विद्यार्थीको भविष्य अन्योल



धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । पछिल्लो समय प्रतिष्ठानमा विगत ६ वर्षदेखि बढुवा प्रव्रिmया रोकिएको भन्दै शिक्षक र चिकित्सक आन्दोलित भई पठनपाठनसमेत बन्द गरेकाले विद्यार्थीको भविष्य अन्योल भएको भन्दै सोमबार विद्यार्थीले समेत भिसी कार्यालयअगाडि आन्दोलन गरेका हुन् ।

शिक्षक, चिकित्सकले अन्तर्वार्ता सुचारु नभएको भनी गत आइतबारदेखि बिपी प्रतिष्ठानको ओपिडी सेवा र विद्यार्थीको पठनपाठन बन्द गरी आन्दोलनमा उत्रिएका थिए । त्यसपछि विद्यार्थीसमेत आन्दोलनमा उत्रिएका हुन्  ।

पटक पटकको आन्दोलनले विद्यार्थीको पढाइमा अवरोध आउनुका साथै तेस्रो सेमेस्टरमा पुगेका विद्यार्थीको पढाइ, प्रयोगात्मक कक्षा र सोभन्दा अगाडि गर्नुपर्ने ‘सिभियल’ नै सुरु नभएकाले तेस्रो सेमेस्टरको क्लिनिकल नै गर्न नपाएको विद्यार्थी कल्याण समाजका अध्यक्ष डा। ओमशान्ति रजतले बताए ।

बिपी प्रतिष्ठानमा भएको समस्या छिटै समाधान गरी पठनपाठन सुचारु गर्नुपर्ने माग राखी भिसी कार्यालयअगाडि ‘सिम्बोलिक’ आन्दोलन पढेर गरेको विद्यार्थी कल्याण समाजका अध्यक्ष डा। रजतले बबताए । यो आन्दोलनपछि पढाइ सुचारु नभए बिपी प्रतिष्ठानमा करिब एक हजार पाँच सय जना मिलेर कडा आन्दोलन गर्ने उनले बताए ।

विद्यार्थी जेसिदार शाह प्रतिष्ठानमा जस्तो सेवासुविधा तथा पढाइ नेपालमा अन्य कहीँ नभएकाले यसलाई जोगाउनु यहाँका सम्बन्धित आधिकारीहरूको दायित्व रहेको बताउँछन् ।

यसैबिच प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै नगर प्रमुख हर्कराज राईले कायम मुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीको कार्यकक्षमा तालाबन्दीसमेत गरेका छन् । प्रतिष्ठानलाई धराशायी बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने भन्दै उपकुलपतिको कार्यकक्षमा लगाएको ताला खोल्ने आँट नगर्न र आवश्यक परेका बेला आफैँ आएर खोल्ने उनले बताए ।

पछिल्लो समय प्रतिष्ठानमा शिक्षक, चिकित्सकको बढुवा प्रव्रिmया रोकिएपछि आन्दोलनरत भइरहेकोमा गत कात्तिक २० गते धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई तथा विभिन्न राजनीतिक दलको रोहबरमा पुस २ गते सुरु गरी १५ गतेसम्म आवश्यक प्रव्रिmया पूरा गरेर लोक सेवा आयोग र स्वास्थ्यमन्त्रीको सहमति लिई बाँकी रहेको अन्तर्वार्ता सम्पन्न गर्ने सहमति भएको थियो ।

उक्त समय बितिसक्दा पनि सहमति अनुसार बढुवाको अन्तर्वार्ता सुचारु नभएपछि केही दिनदेखि शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले संयुक्त रूपमा आन्दोलनमा गरिरहेकामा आइतबारदेखि पुनः ओपिडी सेवा र विद्यार्थीको पठनपाठन बन्द गरिएको हो ।

गोरखापत्र

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार ११:४३

डा. चित्र मावोको नाटक ‘मुक्कुमलुङ’ शिल्पीमा मञ्चन (तस्विरमा)

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असोज २ गते बुधबारदेखि

वाईसीएल फक्ताङ्लुङ्द्वारा पालिका सरसफाइ 

ताप्लेजुङ । योङ कम्युनिष्ट लिग (वाईसीएल) फक्ताङ्लुङ गाउँपालिका कमिटीले फक्ताङ्लुङ

भोलिदेखि फुङलिङ बजारका पसल शुक्रवार पनि खुल्ने

ताप्लेजुङ । साताको प्रत्येक शुक्रवार बन्द हुँदै आएको ताप्लेजुङ सदरमुकामको

पाथिभरा (मुक्कुलुङ)मा २ महिनामा १८ लाख २६ हजार बढि भेटी सङ्कलन 

ताप्लेजुङ । पाथिभरा क्षेत्र विकास समितिले पछिल्लो २ महिनाको भेटीघाटी

ताप्लेजुङमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान कारागार चलान

ताप्लेजुङ । ताप्लेजुङमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पुर्पक्षका लागि