प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिम प्रदेशको लगातार दोस्रो जित



काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार (आज) को खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई एक सय ३४ रनको विशाल अन्तरले हराएको छ । जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको यो लगातार दोस्रो जित हो ।

यसअघि आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पाँच विकेटले हराएको थियो । दुई खेल खेलेको कर्णाली प्रदेशको भने यो पहिलो हार हो । यसअघि आफ्नो पहिलो खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई सात विकेटले हराएको थियो । सिद्धार्थनगर रंगशालामा खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ७७ रन बनाएको थियो । निकै ठूलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओलिएको कर्णाली प्रदेशले भने ३७।२ ओभरमा अलआउट हुनुअघि एक सय ४३ रनमात्र बनाउन सक्यो ।


कर्णाली प्रदेशलाई सस्तोमा समेट्ने क्रममा सुदूरपश्चिम प्रदेशका बलर शेर मल्लले चार विकेट लिए । उनले १० ओभरमा ३५ रन खर्चिएका थिए । विकास अग्रीले पनि दुई विकेट हात पारे । नारायण जोशी, भोजराज भट्ट र नरेश भट्टले एक–एक विकेट लिए कर्णाली प्रदेशका लागि दीवान पुनले सर्वाधिक ३८ रन बनाए । उनले ५२ बलमा पाँच चौका पनि प्रहार गरे ।

विकेटकिपर ब्याट्सम्यान अर्जुन घर्तीले २४ रन जोडे । हिमांशु शाहीले १७ रन बनाए । दिनेश अधिकारीले पनि २० रन बटुले । कर्णाली प्रदेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णाली प्रदेशले अतिरिक्त रुपमा पनि २३ रन पाएको थियो ।

त्यसअघि सुदूरपश्चिम प्रदेशका लागि दुबै ओपनर ब्याट्सम्यानले अर्धशतकीय पाली खेलेका थिए । खडक बोहरा र टेक रावतले ओपनिङ विकेटका लागि एक सय ३८ रनको साझेदारी गरेका थिए । खडकले ८० रन बनाए । उनले एक सय १४ बलको सामना गरी ६ चौका पनि हिर्काएका थिए । उनी प्लेयर अफ दी म्याच पनि घोषित भए ।

टेकले पनि टोलीको खातामा ५९ रन थपे । उनले ९१ बलमा सात चौका पनि प्रहार गरेका थिए । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले पनि अर्धशतक बनाएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका किरणले केवल ३३ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले ५० रन बनाए ।

नारायण जोशी जोशीले पनि टोलीको खातामा अविजित ३१ रन थपे । छैटौँ नम्बरका ब्याट्सम्यान नारायणले केवल १२ बलको सामना गरी तीन छक्का र एक चौका पनि हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान राजु रिजालले पनि १९ रन बनाए ।

कप्तानसमेत रहेका राजुले ३२ बलमा एक चौका पनि हिर्काएका थिए । नरेन भट्टले पनि टोलीको खातामा १५ रन थपे । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा पनि २३ रन पाएको थियो । कर्णाली प्रदेशका बलर दिनेश अधिकारी, युनिस सिंह, प्रकाश जैसी र दीपेन्द्र रावतले एक–एक विकेट लिए ।

प्रकाशित मिति : 10:58 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ