राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा ताप्लेजुङमा चेतनामूलक अभ्यास शिक्षण सम्पन्न



रेडियो काबेली

ताप्लेजुङ । २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस ताप्लेजुङमा पनि मनाईएको छ । मंगलबार ¥याली सहित जिल्ला बिपद् व्यवस्थापन समिति ताप्लेजुङले नेपाली सेनाको भीमकाली गुल्मको प्रांगणमा चेतनामूलक अभ्यास शिक्षण गरेर दिवस मनाईएको हो ।
अभ्यास शिक्षणका क्रममा भीमकाली गुल्मका बिपद् उद्धारका लागि तालिम प्राप्त टोलीले भूकम्प पछि अपनाउनुपर्ने रणनीति,उद्धार,उपचार तथा राहत व्यवस्थापन सहितको अभियन सहितको अभ्यास शिक्षण गरेको थियो ।


सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाको टोलीले बिपद्का कारण घाइते अवस्थाका मानिसहरुको मानवीय शक्तिद्धारा गरिने उद्धारका बारेमा अभिनयात्मक तवरले जानकारी गराएको थियो ।

यसअघि जिल्ला बिपद् व्यवस्थापन समितिसंग रहेका भूकम्पको समयमा प्रयोग गर्न सकिने उद्धारका सामाग्री बारे सरोकारवालालाई जानकारी गराईएको थियो । जिल्ला प्रहरी कार्यालयले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत चेतनामूलक सूचना प्रयोग गरेको थियो ।


राहत तथा उद्धारका लागि सक्रिय सामाजिक संस्था नेपाल रेडक्रस सोसाईटीको टोलीले प्राथमिक उपचार र राहत तथा उद्धारको प्रकृयाको जिम्मेवारी आफुहरुले कसरी लिदैं आएको छ भन्ने बारेमा जानकारी गराएको थियो । त्यसअघि भूकम्प सुरक्षासंग सम्वन्धित जनचेतनामूलक प्लेकार्ड सहित फुङलिङ नगर परिक्रमा गरिएको थियो ।


कार्यक्रममा बोल्दै जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले भूकम्प सुरक्षाका बारेमा अपनाउनुपर्ने रणनीति एवम् भूकम्प पूर्व तयारी र प्रतिकार्यका बारेमा जानकारी गराउन यस्तो अभ्यास शिक्षण सहितको कार्यक्रम आयोजना गरेको बताईन् ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले नमूना अभ्यास सहितको शिक्षण सिकाईले सरोकारवाला समेतलाई बिपद् पूर्व तयारी र प्रतिकार्यका बारेमा सुक्ष्म ढंगले जानकारी प्रेषण हुन सहज हुने बताए ।


विसं १९९० माघ २ गते नेपालमा आएको महाभूकम्पको सम्झनामा विक्रम् सम्वत् २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । राष्ट्रिय भूकम्प सुरक्षा दिवस नेपालमा प्रत्येक वर्ष माघ महिनाको २ गते मनाइन्छ ।

प्रकाशित मिति : 10:45 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा