पाथीभरा क्षेत्रमा सञ्चारलाई थप व्यवस्थित गर्न सञ्चार सेट वाकीटकी प्रयोग गर्न सुरु



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ रहेको प्रसिद्ध तिर्थस्थल पाथीभरा क्षेत्रमा सञ्चार सेट वाकीटकी प्रयोग गर्न सुरु गरिएको छ । सञ्चारलाई थप व्यवस्थित गर्न मन्दिर सहितका क्षेत्रमा सञ्चार सेट वाकीटकी प्रयोग गर्न सुरु गरिएको पाथीभार क्षेत्र विकास समितका अध्यक्ष रक्कि थेबेले जानकारी दिए ।


अध्यक्ष थेबेका अनुसार पाथीभरा क्षेत्रका सबै ठाउँमा पुर्णरुपमा मोवाईल नेटवर्क कभरेज नहुँदा सञ्चारमा समस्या आएको भन्दै पाथीभरा क्षेत्र विकास समितिले उक्त सञ्चार सेटको प्रयोग गरेको हो ।


उक्त सञ्चार सेटहरु ति मध्येका केहि कर्मचारीले प्रयोग गर्ने छन् भने पाथीभरा क्षेत्र विकास समितिको कार्यालयमा रहेका कर्मचारी र पाथीभरा क्षेत्र विकास समितिका पदाधीकारीले समेत प्रयोग गर्ने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।


उनका अनुसार उक्त वाकीटकी सहित बेस स्टेशनका लागि लाइसेन्स लिने लगायतका सबै कानुनी प्रकृया पुरा गरी टावर जडान गरेर प्रयोगमा आएको हो । अब भने पाथीभरा मन्दिर सहित आवश्यक ठाउँबाट पाथीभराको हरेक गतिविधिबारे सहज रुपमा सुचना आदान प्रदान हुने क्षेत्र विकास समितिले जनाएको छ ।


पाथीभरा मन्दिर सहित पदमार्गका कतिपय स्थानमा मोवाईल फोनको नेटवर्क नआउने लगायतका समस्या छन् ।
वाकीटकी सञ्चारले आपतकालिन वा अत्यावश्यक अवस्थामा सहयोग पुग्ने क्षेत्र विकास समितिको दाबी छ ।

प्रकाशित मिति : 10:09 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी