घट्यो पेट्रोल र डिजेलको मूल्य



नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट हिजो मूल्य घटेर आएपछि निगमले मूल्य घटाएको हो ।

भारतबाट पेट्रोल प्रतिलिटर १ रुपैयाँ २६ पैसा र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर ८३ पैसा घटेर आएकाले यही आधारमा मूल्य समायोजन गरी १ रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य १ सय ५३ रुपैयाँ ५० पैसा कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६५ र डिजेलको मूल्य १ सय ५५ रुपैयाँ कायम भएको छ । यस्तै, तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६६ र डिजेलको मूल्य १ सय ५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

यसअघिको ग्यासको मूल्य भने प्रतिसिलिण्डर १८ सय ९५ रुपैयाँ नै रहेको छ ।

प्रकाशित मिति : 1:17 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन