श्रीमानको शव फेला, श्रीमती अचेत



ढल्केवर। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका –३, पकरियामा शङ्कास्पद अवस्थामा सोमबार बिहान एक पुरुषको शव फेला परेको छ । मृतक पु्रुषको श्रीमती अचेत अवस्थामा फेला पर्नुभएको छ ।

महोत्तरीको लोहरपट्टी नगरपालिका –३, महदैयाका २२ वर्षीय राधे सहनीको शव फेला परेको छ । उहाँको श्रीमती २१ वर्षीया अस्मिता शर्मा अचेत अवस्थामा भेटिएको धनुषा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अबाले मोटरसाइकल दुर्घटनामा सहनीको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताउनुभयो । शव भेटिएको स्थानमा दुर्घटनामा परेको मोटरसाइकल बरामद भएको प्रहरीको भनाइ छ । सो स्थानबाट सहनीको दुई जना साथीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार चार महिनाअघि मात्र अस्मितासँग प्रेम विवाह गरेका सहनी आइतबार श्रीमतीसँगै पकरियास्थित ससुराली घर आएका थिए । ससुराली घर आएको केही बेरपछि उहाँलाई लिन दुई जना साथी आएका थिए । एउटा मोटरसाइकलमा आफू र श्रीमती र अर्को मोटरसाइकलमा दुई जना साथी सवार भएर क्षीरेश्वरनाथ नगरपालिको महेन्द्रनगर हिँडेको स्थानीयको भनाइ छ ।

महेन्द्रनगरतर्फ हिँडेको २०–२५ मिनटपछि अस्मिता माइती घर अगाडि अचेत अवस्था भेटिएकी थिइन् । छोरीलाई अचेत अवस्थामा देखेपछि पिता बिल्टु शर्माले ज्वाइँ र उनका साथीले मिलेर छोरीलाई कुटपिट गरी अचेत अवस्थामा घर अगाडि छाडेर भागेको हुनसक्ने शङ्का गर्दै अस्मितालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउनुभएको थियो ।

उपचार पश्चात अस्मिता होसमा आएपछि मोटरसाइकल दुर्घटना भएको जानकारी आफन्तलाई गराएपछि दुर्घटनाबारे प्रहरीमा खबर गरेको थियो । दुर्घटना भएको स्थानको खोजी गर्दै जाँदा घटनास्थलमै सोमबार बिहान सहनीको शव फेला परेको थियो ।

गोरखापत्र

प्रकाशित मिति : 9:54 am

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा