मिक्वाखोला गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मोति मावि प्रथम



रेडियो काबेली

ताप्लेजुङ। ताप्लेजुङको मोति माध्यमिक विद्यालय खोक्लिङ मिक्वाखोला गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएको छ । आइतबार सम्पन्न प्रतियोगितामा विभिन्न खेल विधाअन्तर्गत १७ स्वर्ण हात पार्दै मोति माध्यमिक विद्यालय प्रथम भएको हो ।


यस्तै १० स्वर्णसहित साँवा माध्यमिक विद्यालय साँबा द्वितीय र तीन स्वर्ण जित्दै पञ्चश्वरी माध्यमिक विद्यालय लिबाङ तृतीय भएको छ । बिजेतालाई मिक्वाखोला गाउँपालिका–४ का वडाध्यक्ष सदनकुमार साँबा, गाउँपालिकाका शिक्षा शाखा अधिकृत केशबसरण अधिकारी लगायतले शिल्ड र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिता साँवा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो भने प्रतियोगिता शुक्रबार सुरु भई आइतबार सम्पन्न भएको हो ।

प्रकाशित मिति : 9:27 am

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था

तोक्मेडाँडामा यात्रु सहायता कक्ष सञ्चालन

ताप्लेजुङ, असोज १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडामा यात्रुको

कांग्रेस महाधिवेशनका लागि ताप्लेजुङबाट ३२ प्रतिनिधि चयन

ताप्लेजुङ, असोज १७ गते । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनका

छैटौँ सिरिजङ्गा गोल्डकप मंसिर २३ देखि

ताप्लेजुङ, असोज १६ गते। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा छैटौँ संस्करणको