मिक्वाखोला गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मोति मावि प्रथम



रेडियो काबेली

ताप्लेजुङ। ताप्लेजुङको मोति माध्यमिक विद्यालय खोक्लिङ मिक्वाखोला गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएको छ । आइतबार सम्पन्न प्रतियोगितामा विभिन्न खेल विधाअन्तर्गत १७ स्वर्ण हात पार्दै मोति माध्यमिक विद्यालय प्रथम भएको हो ।


यस्तै १० स्वर्णसहित साँवा माध्यमिक विद्यालय साँबा द्वितीय र तीन स्वर्ण जित्दै पञ्चश्वरी माध्यमिक विद्यालय लिबाङ तृतीय भएको छ । बिजेतालाई मिक्वाखोला गाउँपालिका–४ का वडाध्यक्ष सदनकुमार साँबा, गाउँपालिकाका शिक्षा शाखा अधिकृत केशबसरण अधिकारी लगायतले शिल्ड र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिता साँवा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो भने प्रतियोगिता शुक्रबार सुरु भई आइतबार सम्पन्न भएको हो ।

प्रकाशित मिति : 9:27 am

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक

प्रथम लिङ्तेप गोल्डकप : उपाधिका लागि साथीभाइ र पाँचथर भिड्दै 

ताप्लेजुङ, माघ १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी