योग दिवस : बढ्न थाल्यो आकर्षण, ताप्लेजुङमा मनाइयो योग दिवस



ताप्लेजुङ । योग, ध्यान र प्रणायाममा नेपालीहरुको पनि आकर्षण बढ्न थालेको छ । युरोप र अमेरिकामा विभिन्न रोगको उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि नेपालीहरु पनि योगतिर आकर्षित हुन थालेका हुन् ।

योग गुरु डाक्टर हरिप्रसाद पोख्रेलका अनुसार शरीर स्वस्थ हुन मन स्वस्थ हुनु पर्छ, मन र शरीर दुवै स्वस्थ हुनका लागि योग चाहिन्छ । योगको महत्त्वबारे सबै नेपालीलाई थाहा दिने उद्देश्यले नेपालमा हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । यस वर्ष ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित आज नवौँ राष्ट्रिय योग दिवस मनाइँदैछ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले योग दिवस मनाउन सबै पालिकाहरुलाई यसअघि नै पत्राचार गरिसकेको छ । शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ ।

परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगलाई विज्ञानको रुपमा मान्न थालिएको छ । योगले तनावमुक्त हुन र बाथ, दम, उच्च रक्तचाप, मोटोपनजस्ता दीर्घ रोगबाट बच्न सहयोग गर्ने विज्ञहरु बताउँछन् ।

विज्ञहरुकाअनुसार योग गर्दा सम्पूर्ण शरीरको रगत सञ्चालन सक्रिय हुनुकासाथै शरीरका बिकारहरु क्रमशः हट्दै जान्छ । नियमित योगाभ्यास गर्नाले शरीरमा ऊर्जाको सञ्चार हुने र स्फूर्ति पनि बढाउने भएकाले हिजोआज ठाउँठाउँमा योग शिविर तथा योग कक्षा सञ्चालन हुने गरेका छन् ।

ताप्लेजुङमा मनाइयो योग दिवस
ताप्लेजुङमा आज योग दिवस मनाइएको छ । नवौं राष्ट्रिय योग दिवसको अवसर पारेर पतञ्जली योग समिति ताप्लेजुङको आयोजनामा आज योगाभ्यास सहित कार्यक्रम गरिएको हो ।

पतञ्जली योग समिति ताप्लेजुङका अध्यक्ष सुष्मा शाक्यका अनुसार कार्यक्रम आज बिहान ताप्लेजुङ उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ । बिहान साढे ६ बजे देखि साढे ७ बजे सम्म योगाभ्यास र त्यसपछि शुभकामना आदान–प्रदानको कार्यक्रम गरिएको शाक्यले जानकारी दिनुभयो ।

आज माघे संक्रान्ति पर्व (कक्फेक्वा तङ्नाम) समेत भएकोले सो अवसरमा समेत शुभकामना आदान–प्रदानको कार्यक्रम राखिएको शाक्यले बताउनुभयो ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार ०२:५०

फुङलिङमा यातायात र शैक्षिक संस्थामा अबरोध तथा बन्द गर्न नपाईने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्र भित्र आज (शुक्रबार)

फुङलिङ नगरपालिकाद्धारा असल बुहारी सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले असल बुहारीलाई सम्मान गरेको

अखिल क्रान्तिकारी ताप्लेजुङको अध्यक्षमा अनिता पन्दाक निर्वाचित

रेडियो काबेलीताप्लेजुङ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ताप्लेजुङको

उहिलेको तिज

अर्पना बुढाथोकीताप्लेजुङ । अहिलेका दिदीबहिनीहरुले आधुनिक तिज मनाइरहेको बेलामा मलाई

हरितालिका तीजको महिमाः उपवास र हालको सृगांरिक पक्षले ल्याउन खोजेको समानता

ई.वीरेन्द्र श्रेष्ठताप्लेजुङ । हरितालिका तीज सनातन धर्म भित्रको एक विशेष