ताप्लेजुङमा महँगियो तरुल



ताप्लेजुङ । ताप्लेजुङमा यसवर्ष तरुलको मूल्य महँगिएको छ। तरुलको व्यवसायिक खेती नभएको र उत्पादनमा कमी हुँदा मूल्य महँगिएको हो।

मकर सङ्क्रान्ति अर्थात् तरुल खपत हुने मुख्य सिजन ९मौसम० मा तरुल मूल्य आकासिएको उपभोक्ताले बताएका छन्। स्थानीय व्यापारी र उत्पादक किसान आफैँले तरुलको मूल्य तोक्ने गरेका र सोही मूल्यमा खरिद गर्न बाध्य हुनुपरेको उपभोक्ताको गुनासो छ। बजारमा तरुलको मूल्य आकासिएपछि यसवर्षको मकर सङ्क्रान्ति महँगो हुने भएको उपभोक्ता बताउँछन्।

बजारमा पुस महिनायता तरुल आउन थालेको हो। सुरुमा बजारमा निस्कन थाल्दा तरुलको मूल्य केही न्यून नै भएको र माघे सङ्क्रान्तिको मौकामा झण्डै दोब्बरले मूल्य वृद्धि गरिएको उपभोक्ताको भनाइ छ। स्थानीय व्यापारी तथा किसानले पर्व अर्थात् माघे सङ्क्रान्तिको मौकामा मूल्य वृद्धि गरेका पाइएको छ।

सदरमुकाम फुङ्लिङ बजार र फुङ्लिङको तोक्मेडाँडामा शनिबार लाग्ते हाटमा तरुलजन्य वस्तु निकै महँगोमा बिक्री भएको पाइएको छ। शनिबारको बजारमा प्रतिकिलोग्राम न्यूनतम ८० देखि २५० रुपियाँसम्ममा खरिद बिक्री भएको छ।

तरुलको जात र प्रजातिअनुसार मूल्य फरक–फरक भएको व्यापारीको भनाइ रहेको छ। हाट बजारमा घरतरुल, पताले तरुल, सिँदुरे तरुल, सिमले, स्कूसको तरुल र पिँडालु लगायतका तरुल ब्यापारीले बिक्री गरेका छन्।

गत वर्षको तुलनामा यो वर्ष प्रतिकिलोग्राम २० देखि ५० रुपियाँसम्म मूल्य वृद्धि गरिएको स्थानीय उपभोक्ता सुकदल लिम्बूले बताउनुभयो। उहाँका अनुसार सदरमुकामका तरकारी तथा फलफूल पसलमा पनि तरुलको मूल्य महँगो र हाट बजारमा पनि उत्तिकै महङ्गो भएको छ। वितगका वर्षमा जस्तो हाट बजारमा यसवर्ष तरुल व्यापार गर्ने न्यून भएको पाइएको पनि उहाँले बताउनुभयो।

यता गाउँमा भनेजस्तो उत्पादन नभएपछि मागअनुसार तरुल दिने अवस्था नभएकाले मूल्य केही वृद्धि भएको व्यापारी तथा किसानले बताएका छन्। परिश्रम गरेअनुसार उत्पादन नभएको र गाउँमा तरुल खेती गर्ने जनशक्तिको अभाव पनि खड्किँदै गएको स्थानीय किसानहरु बताउँछन्। gorkhapatraonline

प्रकाशित मिति : 1:25 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन