मेरिङदेनमा अन्तर विद्यालय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न, पृथ्वी मा.वि. लाई २६ पदक



ताप्लेजुङ । मेरिङदेन गाउँपालिकामा पालिका स्तरीय अन्तर विद्यालय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पौष २६ गते देखि सुरु भएको उक्त  प्रतियोगिता आज सम्पन्न भएको हो ।

तीन दिन सञ्चालन भएको प्रतियोगितामा १६ स्वर्ण, ६ रजत तथा  ४ काश्य सहित कुल २६ पदक हात पार्दै श्री पृथ्वी मा.वि. खाम्लुङले रनिङ शिल्ड हात पार्न सफल भएको छ । त्यस्तै ५ स्वर्ण, २ रजत तथा ६ कास्य पदक सहित श्री पान्दोलुङ मा.वि. दोश्रो भएको छ ।

२ स्वर्ण, ९ रजत र ५ काश्य पदक सहित श्री सूर्यदेवी मा.वि. तृतीय भएको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभएको छ । गाउँपालिकाका अध्यक्ष युक हाँ विर हाङ्गामको प्रमुख आतिथ्यतामा सम्पन भएको समापन प्रतियोगितामा विशिष्ट अतिथिको रुपमा  सामाजिक विकास समिति संयोजक तेज कुमार चोङवाङ, मेरिङदेन गाउँपालिका ४ नं. वडाध्यक्ष वेद प्रसाद लिम्बू हाङगाम र निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरवर प्रसाद साहको उपस्थिति रहेको थियो । 

 विद्यार्थीको प्रतिभा उजागर गर्न प्रतियोगिताले अहम् भूमिका निर्वाह गरेको पालिका अध्यक्ष हाङ्गामले बताउँनु भएको छ । साथै प्रतियोगिताबाट छनोट भई आठराई त्रिवेणीमा हुने ताप्लेजुङ जिल्ला अन्तरपालिका स्तरीय प्रतियोगितामा मेरिङदेन गाउँपालिकाको प्रतिनिधित्व गर्दे स्वर्ण पदक जित्ने खेलाडीलाई प्रोत्साहन स्वरुप ६ हजार रुपैयाँ प्रदान गरिने घोषणा समेत गर्नु भएको छ । 

साथै अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुनु भन्दा दुई साता अघि खेलाडीहरूका लागि १५ दिने ट्रेनिङ सेन्टर सञ्चालन हुने  पनि बताउँनु भएको छ । 

कार्यक्रम  मेरिङदेन ३ नं. वडा अध्यक्ष गजिन्द्र कुमार नाल्बोको अध्यक्षता सम्पन्न भएको हो । 

प्रकाशित मिति : 2:02 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका