आठराई त्रिवेणी गाउँपालिकाले सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्यायो



ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ । पालिकाको २ नं. वडा फूलबारीमा आजबाट रमिते सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष दिपेन पोमु (दिपेन्द्र)ले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त वडाका आम्बोटे, सिमलबोटे, खड्कुरे, धुसेनी, रमिते लगायतका स्थानीयले सेवा पाउने छन् । खोप केन्द्रमा २ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको पालिकाले जनाएको छ । स्वास्थ्य सम्बन्धी परामर्श तथा औषधि प्रदानका लागि अनमी र अहेब १–१ जना राखिएको समेत अध्यक्ष पोमूले बताउनुभयो । वडामा स्वास्थ्य सेवा सञ्चालनमा आएसँगै स्थानीयले सहजरुपले सामान्य भएपनि स्वास्थ्य सेवा पाउने विश्वास लिएका छन् ।

यसैबीच पालिकाले सुत्केरी संग उपाध्यक्ष कार्यक्रम अन्र्तगत पोषण तथा सरसफाइ अन्र्तगत प्याकेज झोला बितरण गरेको गरेको छ । पालिकाका अध्यक्ष पोमू, उपाध्यक्ष शान्ता आङबुहाङ, २ नं। वडाध्यक्ष टेकिन्द्र सेन्दाङ लगायतको उपस्थिति रहेको थियो । यस्तै भोलिदेखि अन्य वडाका महिलालाई समेत बितरण गरिने तयारी भइरहेको पालिकाले जनाएको छ । 

प्रकाशित मिति : 1:06 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा