पाथीभरामा संकलन भएको सुन तथा चाँदीको रिफाइन



ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा संकलन भएको सुन तथा चाँदी रिफाइन गरिएको छ । दर्शनार्थीले चढाएको करिब १५ महिना अगाडिदेखि भण्डारण भएको सुन रिफाइन गरिएको हो । 

१५ महिनाको अवधिमा करिब ९८ तोला सुन दर्शनार्थीले मन्दिरमा चढाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । 

त्यस्तै कार्यकारी निर्देशक हाङबाङका अनुसार बि.सं. २०७६ सालदेखि भण्डारण गरिएको करिब ९२ किलोग्राम चाँदीलाई समेत रिफाइन गर्न सुरु गरिएको हो । रिफाइन जिम्मा ताप्लेजुङमा सञ्चालित ज्वेलर्सहरुको संस्था पाथीभरा सुनचाँदी कला व्यवसायी संघले लिएको छ । 

आज रिफाइन गरिएको सुन करिब ८८ तोला र चाँदी ६२ किलोग्राम रहने संघले अनुमान गरेको छ । संकलित सुन तथा चाँदीको रिफाइन गरी बजारभाउ अनुसार बिक्री गर्ने क्षेत्र विकासको तयारी रहेको छ । 

क्षेत्र विकास समितिसँग यसअघि नै रिफाइन गरेको करिब ८६ तोला सुन रहेको छ ।  सुन रिफाइनको काम आज नै सकिदैछ भने चाँदी रिफाइन गर्न करिब अझै ३ दिन लाग्ने संघले जनाएको छ । 

संघले ज्याला स्वरुप रिफाइन गरिएको सुनको १ प्रतिशत र चाँदीको ८ प्रतिशत बराबरको रकम लिने गरी सहमति भएको कार्यकारी निर्देशक हाङबाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार १२:५१

मैवाखोला गाउँपालिकाका १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी तालिम प्रदान 

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी

फुङलिङ नगरपालिका शुक्रबार शोक बिदा दिने 

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले शुक्रबार भोलि शोक बिदा दिने

मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई मात्र बजेटमा समावेश गर्ने

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई