पाथीभरा मन्दिर क्षेत्रमा हिमपात




रेडियो काबेली
ताप्लेजुङ। ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । बिहीबार अपराह्नपछि मौसममा केही बदलीसँगै पाथीभरा क्षेत्रमा हिमपात भएको हो ।


पाथीभरा क्षेत्र विकास समितीको कर्मचारी राजेन्द्र महतले दिउँसो ४ बजेपछि हिमपात भएको बताए । उनका अनुसार फेदी क्षेत्रमा सेताम्मे हुनेगरी हिउँ परेको र सामान्य हिउँ पर्ने क्रम जारी रहेको छ ।


साथै बदलिँदो मौसमको टुङ्गो नहुने हुँदा अझै बढी हिउँ पर्नसक्ने कर्मचारी महतको भनाई छ । फेदीसम्म नै हिउँ परेकाले तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा मन्दिर क्षेत्रमा अझै धेरै हिउँ परेको बताइएको छ । यता हिउँ पर्न थालेपछि चिसो ह्वात्तै बढेको पनि फेदीका स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : 1:48 pm

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश

ट्राभल डेन्टल क्याम्प नेपालद्धारा दुर्गम बस्तीका १ सय ७७ नागरिकलाई निःशुल्क दन्त सेवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङको उच्च हिमाली तथा दुर्गम

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत रोजगारीका लागि दुई सय बढीलाई तालिम

ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा घरेलु तथा साना उद्योग

भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा ४ करोडभन्दा बढी राजस्व सङ्कलन

ताप्लेजुङ, साउन ४ गते । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार