पाथीभरा मन्दिर क्षेत्रमा हिमपात




रेडियो काबेली
ताप्लेजुङ। ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । बिहीबार अपराह्नपछि मौसममा केही बदलीसँगै पाथीभरा क्षेत्रमा हिमपात भएको हो ।


पाथीभरा क्षेत्र विकास समितीको कर्मचारी राजेन्द्र महतले दिउँसो ४ बजेपछि हिमपात भएको बताए । उनका अनुसार फेदी क्षेत्रमा सेताम्मे हुनेगरी हिउँ परेको र सामान्य हिउँ पर्ने क्रम जारी रहेको छ ।


साथै बदलिँदो मौसमको टुङ्गो नहुने हुँदा अझै बढी हिउँ पर्नसक्ने कर्मचारी महतको भनाई छ । फेदीसम्म नै हिउँ परेकाले तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा मन्दिर क्षेत्रमा अझै धेरै हिउँ परेको बताइएको छ । यता हिउँ पर्न थालेपछि चिसो ह्वात्तै बढेको पनि फेदीका स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : 1:48 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य