कार्यकर्ता रिहाइसँगै मेची राजमार्ग बन्द फिर्ता




रेडियो काबेली

ताप्लेजुङ । कार्यकर्ता रिहाई हुने निश्चित भएसँगै प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आह्वान गरेको मेचिराज मार्ग बन्द फिर्ता लिएको छ ।


संघर्ष समितिले बिहीबार अपराह्नदेखि मेची राजमार्गमा गरेको यातायात बन्द फिर्ता लिएको हो । ईलाममा प्रहरीद्वारा पक्राउ गरिएका कार्यकर्ता बुलेट किराँती (आन्जेस राई) को बिनासर्त रिहाइ गर्नुपर्ने माग राखेर संघर्ष समितिले बुधबार र बिहीबार दुई दिन मेची राजमार्ग बन्दको आह्वान गरेको थियो ।


पक्राउ परेका राईको रिहाइ हुने भएपछि समितिले विज्ञप्ति जारी गर्दै यातायात फिर्ता लिएको जनाएको छ । विज्ञप्तिअनुसार बिहीबार दिउँसो २ बजेदेखि यातायात बन्द फिर्ता लिएको उल्लेख गरिएको छ ।


यता समितिले आह्वान गरेको बन्दका कारण ताप्लेजुङसहित पाँचथर, इलाम र झापा जिल्लाअन्तर्गत मेची राजमार्गमा बुधबारदेखि यातायात ठप्प भएको थियो । यातायात ठप्प हुँदा यात्रुले यात्रा गर्न पाएका थिएनन् ।

प्रकाशित मिति : 1:07 pm

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो

ताप्लेजुङका १८ उद्यमीलाई उद्यमशीलता विकास तालिम 

साहारा लिम्बूताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङमा उद्यमशीलता विकास तथा

जेन जी एकताको अभियान ताप्लेजुङबाट सुरु 

ताप्लेजुङ, कात्तिक २१ गते । जेन जी युनाइटेड मुभमेन्टले एकताको

सेसेलुङ गोल्ड कपको आय व्यय सार्वजनिक, मङ्सिर १३ देखि महिला फुटबल प्रतियोगिता सञ्चालन हुने 

साहारा लिम्बू ताप्लेजुङ, कात्तिक २१ गते । गत वर्ष सञ्चालन भएको

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम