कमै शिक्षकले अवसर पाउने टिपिडी तालिम ताप्लेजुङमा



ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले ताप्लेजुङको फक्ताङलुङ र सिरिजङ्गा गाउँपालिकाका १८ जना शिक्षकलाई पेशागत विकास सम्वन्धी सेवाकालिन (टिपिडी) दोस्रो चरणको तालिम दिन सुरु गरेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार पेशागत विकास सम्वन्धी नतिजा सहितको प्रमाणपत्र प्राप्त नभए सम्म शिक्षकको व्यक्तिगत फायल खडा हुदैन । १० दिन सेवाकालिन तालिमको प्रत्यक्ष प्रशिक्षण र ५ दिन सम्वन्धित बिद्यालयमा गई तालिम सिकाईको अभ्यासमूलक कार्यको योगफलका आधारमा मूल्याङकन गरी गरी प्रमाण–पत्र दिने गरी तालिम सुरु भएको रिडका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार तालिम सकिएको ४५ दिन भित्र परियोजना कार्य सम्पन्न गरी प्रतिबेदन पेश भएपछि नतिजा प्रकाशन गरिने छ । रिड नेपाल हिमालयन् ट्रष्ट युकेको आर्थिक सहयोगमा ताप्लेजुङको दुर्गम क्षेत्रका बिद्यालयहरुको शैक्षिक उन्नयनका लागि सञ्चालित परियोजना हो । पन्तका अनुसार नेपाल सरकार र रिड नेपालका बीचमा सन् २०१४ मा सेवाकालिन तालिम सञ्चालन सम्वन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार सम्वन्धित प्रदेशको शिक्षक तालिम केन्द्रको सहकार्यमा रिडले प्रदान गर्ने यस्तो तालिमको समग्र मूल्याङ्कनका आधारमा नतिजा सहितको प्रमाणपत्र दिईने र यस्तो प्रमाणपत्र सरकारी निकायले प्रमाणीकरण गर्ने र त्यस्तो प्रमाणपत्र सरकारी निकायले जारी सरह हुने छ । रिडको कार्यक्षेत्र फक्ताङलुङ गाउँपालिका वडा नं ४ इखाबु,वडा नं ५ तापेथोक,वडा नं ६ लेलेप र वडा नं ७ ओलाङचुङगोला तथा सिरिजङ्गा गाउँपालिकाको वडा नं ६ मामाङ्खे,७ खेवाङ र ८ याम्फुदिन हो ।

कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख भट्टराईले तालिम पछि प्राप्त ज्ञानको सहि उपयोगले पाठ्यक्रम प्रवोधीकरण,स्थानीय तहमा प्रश्नपत्र निर्माण र प्रभावकारी शिक्षण सिकाईका लागि शिक्षक केन्द्रित गर्ने आसा व्यक्त गर्नुभयो । पत्रकार महासंघ ताप्लेजुङका सचिव सुवास आचार्यले तालिम पछि प्राप्त ज्ञानको सहि उपयोगले शिक्षण सिकाई प्रभावकारी भई नतिजाका बृद्धिको आधार बस्ने बताउनुभयो । पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष तथा उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारीले ताप्लेजुङ जिल्लामै पेशागत विकास सम्वन्धी सेवाकालिन ९टिपिडी०तालिम लिन पाउनु सहभागीका लागि अहोभाग्यको बिषय भएको बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार यस्तो प्रकृतिको तालिम लिन सजिलो छैन । कोशी प्रदेशमा बर्षभरीमा आधारभूत तहका ज्यादै न्यून संख्याका शिक्षकका लागि यस्तो तालिमको कोटा भएको र त्यो पनि ताप्लेजुङ सहितका हिमाली तथा पहाडी जिल्लाहरुमा आयोजना हुन कठिनाई भएको बेला रिड नेपालले तालिम आयोजना गरेर स्थानीयलाई मौका दिएको भन्दै शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले रिड नेपालको प्रशंसा समेत गरेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका अनुसार तालिम समयमा गरेको लगनशिलता,कक्षा कोठामा गरेको अभ्यासमूलक कार्य र परियोजना अवधिमा गरेको मेहनेतका आधारमा तालिमका सहभागीको मूल्याङ्कन गरिन्छ । यि सबै नतिजामा प्रथम श्रेणीमा उत्र्तीण हुनेले ३ अंक,द्धितीय श्रेणीमा उत्र्तीण हुनेले २ तथा तृतीय श्रेणीमा उत्र्तीण हुनेले १ अंक पाउने छन् । तालिममा सहभागी अनुर्तीण पनि हुन्छन् ।

रिडको कार्यक्षेत्र अब ताप्लेजुङभर
फक्ताङ्लुङका ४ र सिरिजङ्गा गाउँपालिकाका ३ गरी ८ वटा वडामा मात्र सिमित रहेको रिड नेपालको कार्यक्षेत्र अब जिल्लाभर बिस्तार हुने भएको छ । ताप्लेजुङमा अहिले ६१ वटा वडा रहेका छन् । रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक पन्तले यसको औपचारिक घोषणा र सुरुआत हुने बाँकी रहेपनि कार्यक्षेत्र बिस्तार हुने बिषय निक्र्यौल भइसकेको जानकारी दिनुभयो ।

रिड नेपालले कार्यक्षेत्र बिस्तार बारे केहिदिन पछि औपचारिक रुपमा जानकारी गराउने तयारी भइरहेको जनाएको छ । पहिलो चरणको सम्झौता अनुसार कार्यक्षेत्र बिस्तार भएको ५ बर्ष सम्म बिस्तार सहितको परियोजना सञ्चालनमा आउने छ । त्यसपछि दातृ निकायसंगको सम्झौताका आधारमा थपघट हुने बताइएको छ । eujyalopost.com

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार १३:०८

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित

८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता

ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता