सान्थाक्राको सुर्यदेवी माविमा स्थानीय समाजसेवीद्वारा अक्षयकोष स्थापना 



मेरिङ्देन गाउँपालिका २ सान्थाक्राको सुर्यदेवी मा.वि.मा स्थानीय समाजसेवीहरूले डेढ लाख भन्दा बढिको अक्षयकोष स्थापना गरेका छन् ।  मङ्गलवार एक कार्यक्रमको आयोजना गरी उक्त अक्षयकोष विद्यालयलाई प्रदान गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक मेरिङ्देन ३  खाम्लुङ निवासी पुण्य प्रसाद भण्डारी र श्रीमती मुना बरालले आफ्ना हजुरबुवा स्वर्गीय नैनन्द भण्डारी, हजुर आमा स्व. हर्कमाया भण्डारी, बुवा स्व. जिवलाल भण्डारी  र  आमा  जनुका भण्डारीको  स्मृतिमा ५१ हजार १ सय ५१ रुपैयाँ अक्षयकोष प्रदान गरेको  विद्यालयले जनाएको छ ।  

त्यस्तै मेरिङ्देन  २ निवासी दोर्जी शेर्पाले आफ्ना स्व. दाजु  लाक्पातेम्बा शेर्पा र  छोरा लाकुमार शेर्पाको सम्झनामा ५० हजारको अक्षयकोष स्थापना गरि प्रदान गरेका छन् भने  सोही वडा निवासी  समाजसेवी  तथा राजनीतिज्ञ तिल प्रसाद सुब्बाले आफ्ना स्वर्गीय छोरा इन्जिनियर विनोद सुब्बाको नाममा ५५ हजार ५ सय ५५ रुपैयाँ कोषलाई प्रदान गरेका छन् । 

भण्डारी , शेर्पा र सुब्बा परिवारबाट विद्यालयलाई  कुल १ लाख ५६ हजार  ७ सय ६ रुपैयाँको अक्षयकोष प्राप्त भएको विद्यालयले जनाएको छ । प्राप्त रकमको ब्याजबाट विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई वार्षिक रूपमा छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार १३:१८

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय

सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, दुई सयले लिए सेवा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ लिङखिमस्थित सिँवा

कञ्चनजंघाको दक्षिणी आधार शिवरमा टावर निर्माण गरिदिन सिरीजङ्घा गाउँपालिकाको दुरसञ्चारलाई पत्र

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले कञ्चनजंघा हिमालको दक्षिणी आधार

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक

केवलकार खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षधरको भनाइ

ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो