सान्थाक्राको सुर्यदेवी माविमा स्थानीय समाजसेवीद्वारा अक्षयकोष स्थापना 



मेरिङ्देन गाउँपालिका २ सान्थाक्राको सुर्यदेवी मा.वि.मा स्थानीय समाजसेवीहरूले डेढ लाख भन्दा बढिको अक्षयकोष स्थापना गरेका छन् ।  मङ्गलवार एक कार्यक्रमको आयोजना गरी उक्त अक्षयकोष विद्यालयलाई प्रदान गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक मेरिङ्देन ३  खाम्लुङ निवासी पुण्य प्रसाद भण्डारी र श्रीमती मुना बरालले आफ्ना हजुरबुवा स्वर्गीय नैनन्द भण्डारी, हजुर आमा स्व. हर्कमाया भण्डारी, बुवा स्व. जिवलाल भण्डारी  र  आमा  जनुका भण्डारीको  स्मृतिमा ५१ हजार १ सय ५१ रुपैयाँ अक्षयकोष प्रदान गरेको  विद्यालयले जनाएको छ ।  

त्यस्तै मेरिङ्देन  २ निवासी दोर्जी शेर्पाले आफ्ना स्व. दाजु  लाक्पातेम्बा शेर्पा र  छोरा लाकुमार शेर्पाको सम्झनामा ५० हजारको अक्षयकोष स्थापना गरि प्रदान गरेका छन् भने  सोही वडा निवासी  समाजसेवी  तथा राजनीतिज्ञ तिल प्रसाद सुब्बाले आफ्ना स्वर्गीय छोरा इन्जिनियर विनोद सुब्बाको नाममा ५५ हजार ५ सय ५५ रुपैयाँ कोषलाई प्रदान गरेका छन् । 

भण्डारी , शेर्पा र सुब्बा परिवारबाट विद्यालयलाई  कुल १ लाख ५६ हजार  ७ सय ६ रुपैयाँको अक्षयकोष प्राप्त भएको विद्यालयले जनाएको छ । प्राप्त रकमको ब्याजबाट विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई वार्षिक रूपमा छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : 1:18 pm

सदिङ्वा गाउँपालिकाको बजेट ५३ करोड ८ लाख बढी 

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक

पत्रकारद्वय पन्दाक र अधिकारी सम्मानित

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङका पत्रकारद्वय चन्द्रबहादुर पन्दाक (प्रयास)

आठराई त्रिवेणीले बढायो बजेट सिलिङ, मैवाखोलामा सबै वडालाई समान

ताप्लेजुङ, असार ५ गते । ताप्लेजुङका दुई स्थानीय तहले आगामी

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक