नेत्र ज्योति संघ तथा डिचेन डोङ्गलाले ताप्लेजुङमा रजत महोत्सव मनाउँदै



ताप्लेजुङ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ तथा सो संघद्धार सञ्चालित डिचेन डोङ्गगला स्मारक आँखा उपचार केन्द्र स्थापनाको अवसरमा रजत महोत्सव मनाइने भएको छ । महोत्सव अन्र्तगत आइतबार आँखा सचेतना सम्बन्धी प्रभातफेरी आयोजना गरिएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । 

आइतबार बिहान तोक्मेडाँडाबाट सुरु भई नगर परिक्रमा पश्चात आँखा उपचार केन्द्रको भवनमा पुगेर प्रभातफेरी कार्यक्रम सम्पन्न हुने समेत अधिकारीले जानकारी दिनुभयो । रजत महोत्सवको दोस्रो दिन सोमवार आँखा उपचार केन्द्रकै प्राङ्गणमा महोत्सवको औपचारिक कार्यक्रम हुने भएको छ । नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष डाक्टर चेतराज पन्तको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा नेपाल नेत्रज्योति संघ ताप्लेजुङले प्रकाशन गरेको ‘ज्योति स्मारिका २०८०’को विमोचन, शुभकामना आदान–प्रदान, सम्मान प्रशंसा–पत्र तथा कदर–पत्र विमोचन र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो । 

आँखा स्वास्थ्य क्षेत्रमा काम गरिरहेको परोपकारी संस्था नेपाल नेत्रज्योति संघ ताप्लेजुङमा २०५५ सालमा स्थापना भएको हो । सो संघ मार्फत फुङलिङमा डिचेन डोङ्गगला स्मारक आँखा उपचार केन्द्र सञ्चालनमा रहेको छ । ताप्लेजुङमा नेपाल नेत्र ज्योति संघ र डिचेन डोङगलाको स्थापना सँगै सुरु भएको हो । डिचेन डोङ्गला ताप्लेजुङकै फक्ताङलुङ गाँउपालिका–७ ओलाङचुङ्गगोलामा जन्मिएकी चेलीको नाम हो । सन् १९६४ मा जन्मनु भएकी उहाँको १९९१ मा २७ वर्षको अल्पायुमै मृत्यु भएको थियो । अष्ट्रेलियाको वोलोङगोङ्ग युनिभर्सिटीमा पोषण सम्बन्धी अध्ययनरत रहँदा अष्ट्रेलियामै दिवंगत हुनुभएकी उहाँको नाममा उहाँका परिवारजनको सक्रियतामा साथीहरूले आर्थिक संकलन गरेर उहाँको परिवारलाई पठाइदिएका थिए । 

उहाँको परिवारले त्यो रकम आफूहरूले राख्न चाहेनन् । उहाँका चार दाजुभाइ मध्ये तीनजना दाजुहरू स्वयं आँखाका डाक्टर हुनुहुन्छ । माइला चुङदाक तेन्जिङ्ग, साईला जम्वा तेन्जिङ्ग र कान्छा दाजु साम्तेन तेन्जिङ्ग आँखाकै डाक्टर भएकोले डिचेनको परिवारले अन्धोपन निवारणका लागि आफ्नै जिल्लामा सहयोग गर्ने चाहना राख्नुभयो । जेठो टाँसी लामा इन्जिनियर हुनुहुन्थ्यो । उहाँको पनि यसैमा समर्थन थियो । 

उहाँ डिचेनको स्मरणमा ताप्लेजुङको फुङलिङमा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र सुरु भएको हो । डिचेन डोङ्गला बाहेक नेपाल नेत्रज्योति संघ ताप्लेजुङले मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिकाको आर्थिक साझेदारीमा ताप्लेजुङको दोभानमा तथा पाँचथरको याङ्वरक गाउँपालिकाको आर्थिक साझेदारीमा थर्पु बजारमा र कुम्मायक गाउँपालिकाको आर्थिक साझेदारीमा यासोक बजारमा समेत आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । रजत महोत्सवकै अवसर पारेर नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको संयोजनमा नेत्र ज्योति संघको कोशी प्रदेश समितिको दोस्रो अधिवेशन समेत पुस १० गते मंगलबार फुङलिङमै हुने नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 1:41 pm

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

ताप्लेजुङ, असोज १ गते । आज विश्वकर्माको पूजा आराधना गरी

आज राष्ट्रिय शोक : राष्ट्रिय झन्डा आधा झुकाइने

ताप्लेजुङ, असोज १ गते । जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान

सुकेटार विमान स्थलमा दुई महिनादेखि उडान ठप्प

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको सुकेटार विमान स्थलमा करिब

ताप्लेजुङको पाथीभरामा झण्डै १० लाख भेटी सङ्कलन

ताप्लेजुङ, भदौ ३१ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा

ताप्लेजुङमा चार पार्टी कार्यालय तोडफोड हुँदा ८३ लाख ७९ हजार बढीको क्षति

ताप्लेजुङ, भदौ ३१ गते । जेनजी आन्दोलनको समयमा ताप्लेजुङका विभिन्न