फक्ताङलुङको बजेट ५८ करोड ५५ लाख बढी, खेलाडी र पर्वतारोही सम्मानित



ताप्लेजुङ, असार १० गते । फक्ताङलुङ गाउँपालिकाले ५८ करोड ५५ लाख बढी बजेट सार्वजनिक गरेको छ । गाउँसभाको २०औँ अधिवेशनबाट आर्थिक वर्ष २०८३-०८४ का लागि ५८ करोड ५५ लाख २२ हजार रुपियाँ बजेट सार्वजनिक गरेको हो ।

गाउँसभामा गाउँपालिका अध्यक्ष राजन लिम्बु (मुक्ति) ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष विकास साम्राले बजेट वक्तव्य पेश गर्नुभएको हो । प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफलपछि गाउँसभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको जनाएको छ ।

स्वीकृत बजेटमध्ये चालु खर्चतर्फ ४० करोड ५१ लाख ८२ हजार रुपियाँ र पूँजीगत खर्चतर्फ १८ करोड ३ लाख ४० हजार रुपियाँ विनियोजन गरिएको छ । गाउँपालिकाले आगामी वर्ष पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्दै बजेट कार्यान्वयन गर्ने जनाएको छ ।

यसैबीच गाउँसभाले विभिन्न क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गरी गाउँपालिकाको गौरव बढाउने दुई प्रतिभालाई सम्मानसमेत गरेको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको सफलतापूर्वक चौथोपटक आरोहण गर्दै गाउँपालिकाको लोगो विश्वसामु चिनाउन योगदान पु¥याएका फक्ताङलुङ गाउँपालिका–७ निवासी पर्वतारोही छेतेन टासी शेर्पालाई नगद १ लाख रुपियाँसहित कदरपत्र प्रदान गरिएको छ ।

त्यसैगरी, सगरमाथा आधार शिविरबाट सञ्चालन हुने ४२ किलोमिटर म्याराथन दौडमा प्रथम स्थान हासिल गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गाउँपालिकाको नाम उच्च बनाएका फक्ताङलुङ गाउँपालिका–३ निवासी धावक रमेश लिम्बू तावालाई नगद ५० हजार रुपियाँ सहित कदरपत्रद्वारा सम्मान गरिएको छ ।

प्रकाशित मिति : 9:54 pm

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको